• २२ भदौ २०८३, सोमबार
  • १२ः२५ दिउँसो

दुर्गा प्रसाईंले दिए कोरोनाको उपचार गर्न सरकारलाई अस्पताल

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०२:०१

झापा, झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल कोरोनाको उपचारका लागि सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो मेडिकल कलेज र अस्पताल सरकारलाई दिने घोषणा गरेका हुन्।

National Life

कोरोना संक्रमण देखा परेको दिनदेखि नै स्वास्थ्य मन्त्रीसँग कुरा गरेको र आवश्यक सहयोग गर्न तयार भएको जनाउ दिएको उहाँले बताउनुभयो । बिएन्डसी अस्पतालले मेडिकल कलेज सञ्चालन गर्नुपर्ने भन्दै प्रसाईंले लामो समयदेखि शीर्ष नेताहरूसँग लबिङ गरिरहेका बताउनुभयो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघि दुबै पार्टीका अध्यक्षहरू प्रसाईंको घरमा गएका थिए। केही समयअघि उहाँले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका थिए। तर उनको निवेदनमा कागजात नपुगेको भनेर आयोगले अस्वीकार गरिदिएको थियो।

Classic Tech Desktop

प्रतिकृया