• २२ भदौ २०८३, सोमबार
  • १ः०७ दिउँसो

नेपाल अड्किएका जर्मन पर्यटक ‘चार्टर’ उडानबाट फर्किए

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०१:२६

काठमाडौँ, सरकारले ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय लिए पनि कतार एयरलाइन्सको विमान शुक्रबार त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ । काठमाडौंमा अड्किएका दुई सय ७५ जर्मन पर्यटकलाई लिन उक्त चार्टर फ्लाइट त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याड गरेको हो ।

National Life

उच्चस्तरीय समन्वयन समितिको बुधबार बसेको बैठकले नेपालको विभिन्न भागमा अलपत्र परेका नागरिकलाई काठमाडौं ल्याउने र त्यसपछि उचित उडान मिलाएर सम्बन्धित देश पठाउने निर्णय लिएको थियो । कोरोना भाइरस संक्रणम रोकथामका लागि गरिएको लकडाउनका कारण उनीहरूले काठमाडौंमा अड्किएका थिए ।

नेपालमा भ्रमणमा आएका उनीहरु लकडाउनका कारण ठमेल, बौद्ध र सानेपा क्षेत्रमा अड्किएका थिए। उनीहरूलाई जर्मन राजदूतावासले शुक्रबार बिहान त्रिभुनव अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदाइ गरेको छ । हाल जर्मनमा ४३ हजार ९ सय ३८ जना कोरोनाबाट संक्रमित भएका छन् भने २ सय ६७ जनाको मृत्यु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया