• २२ भदौ २०८३, सोमबार
  • ४ः३८ बेलुका

उपत्यकामा मात्र होईन टोल टोल पुगेर कोरोना परीक्षण हुनुपर्छ

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार १०:४१

 

National Life

काठमाडौँ। टेकु अस्पतालका चिकित्सक डा.सागरकुमार राजभण्डारीले कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्न उपत्यकामा मात्र होइन टोल टोलमा पुगेर गरिनुपर्ने बताएका छन् । संक्रमणको आशंका भएकाको परीक्षण गर्ने किट हुने भएकाले त्यसको व्यवस्था गरी टोलमा पुगेर समेत परीक्षण हुनुपर्ने उनको भनाई छ ।

टेकुस्थित शुक्रराज अस्पतालका डा. सागरकुमार राजभण्डारीले एनआरएन रेडियोमा ऋषि धमलासँग नेपाली बहसमा उनले, ‘किटमार्फत् परीक्षण गर्न टोल टोलमा व्यवस्था गर्नुपर्छ भनेका छन् । देशको एक मात्र सरुरोग अस्पताल टेकुमा मात्रै अहिले यस्ता भाइरसको परिक्षण गर्ने संयन्त्रहरु रहेकाले यसलाई तत्कालै गाउँ गाउँमा पुर्याउन आवस्यक रहेको बताएका छन् ।’

Classic Tech Desktop

कोरोना संक्रमण फैलिन सक्ने विषयलाई मध्य नजर गर्दै चिकित्सकहरुलाई आवस्यक औजारहरु तत्काल उपलब्ध हुनुपर्ने समेत बताए । नेपालमा धरै संक्रमितहरु प्रवेश गरि सकेकोले समयमै परिक्षण नगरे स्थिति नियन्त्रण बाहिर जाने भएकाले अत्यावस्यक चिकित्सकीय सामाग्रको अभाव हुन नदिन सरकारसंग आग्रह गरे ।

राजभण्डारीले अहिले टेकुमा दैनिका ४० देखि ५० जना संकास्पद विरामी आईरहेको बताउँदै ४० वटा क्वारेन्टाइन बेडमा उपचार भइरहेको र उनीहरुको रिपोर्ट के आउछ त्यो अनुसार अरु अस्पतालमा पठाउने बताए । टेकु अस्पतालले अरु भाइरस रेविज भ्याक्सीन जस्ता विषय पनि हेर्नुपर्ने भएकाले रेविजलाई अहिले अर्को ठाउँबाट काम गराइरहेको छ ।

नीजि अस्पतालहरुले राम्रोसंग विरामीको परिक्षण नगरी जस्तो पायो त्यस्तै विरामीलाई टेकु अस्पताल पठाउने गरेको भन्दै यस्तो गलत कार्यले आवस्यक विरामीको परिक्षणमा समस्या आउने बताए । सामान्य रुगाखोकी लागेका विरामीको समेत उपचार नगरको भन्दै राजभण्डारीले युद्धमा होमिएका चिकित्सकहरुलाई सवै खालका हतियारहरु आवस्यक भइसकेको र पीपीई अहिले अत्यवस्यक मात्र नभइ यो नभएसम्म स्वास्थ्यकर्मीहरु सुरक्षित हुन नसक्ने र उनीहरु सुरक्षित नभए भोली अर्को समस्या आउने बताएका छन् ।

भण्डारीले भने, ‘यो सेवालाई काठमाडौँमा मात्र राखेर हुदैन । देशभरी पुर्याउन पर्छ । अरु टेक्नोलोजी खोजेर भएपनि वडा वडामा गएर टेस्ट गराउनुपर्छ । अब टोल टोलमा गएर परिक्षण गरिएन भने थाम्न सकिदैन । किट मात्रै भएपनि परिक्षण गर्न सकिन्छ । किट भए अहिले एकलाख भन्दा बढी नेपालीलाई एक सातामै परिक्षण गर्न सकिन्छ । विरामीको चेकजाँच भनेको संकास्पद लाई मात्र परिक्षण गरिन्छ । देशबाहिर बाट पनि परिक्षणका लागि नमुना आइरहेका छन् । अहिले सामान्य रुघा खोकी लागेको धेरै विरामी आएकाले पनि समस्या भएको छ उनले बताएका छन् ।

प्रतिकृया