• २२ भदौ २०८३, सोमबार
  • ३ः५८ दिउँसो

पशुपतिनाथले हामी सबैको कल्याण गरुन

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार १०:५१

रीना भट्ट

National Life

डर नै सबैभन्दा ठूलो भाईरस हो । जसले रोगको भाईरसले भन्दा बढि मानिसलाई दुःख दिन्छ । उदाहरणको लागि प्राचीन कालदेखि जब–जब यूरोपका शहरहरूमा महामारी फैलन्थ्यो सो समय त्यहाँका धर्मगुरुहरूले शहरको रक्षाका लागि शहरको सिमानामा बसेर रोग विरुद्ध पुजा आजा गरेर रोगको रोकथाम गर्थे रे। त्यस्तै समयमा एक पटक ‘महामारी’ शहर भित्र प्रबेश गर्न खोजेछ। यस्तो अबस्थामा धर्म गुरुहरूले रोग सहरको भित्र प्रबेश गर्नु भन्दा पहिले रोगलाई बाटो मै रोकेर तिमीले कति जनालाई लिएर जान्छौ भनेर प्रश्न गरेछन्। रोगले भने छ, ‘म एक्लै छैन म संग मृत्यु र भय दुई साथिहरु नी छन्। म संगै आएका मृत्यु र भयलाई पनि सोधपुछ गरे मात्र म भन्छु‘ यो सुनेर धर्मगुरुहरूले हुन्छ भने पछि, रोगले म यति मान्छे रोगी लग्छु भनेछ।

यो पस्चात मृत्युलाई धर्मगुरुहरूले प्रश्न गरेछन् मृत्युले म रोगले लगेको मध्ये रोगलागेको आधालाई लग्छु भनेछ त्यसपछि भयको पालो आएछ भयले चै म कसैलाई लग्दिन भनेछ। यो सुने पछि रोग मृत्यु भय तीन जनालाई नै शहर भित्र प्रबेश गराइएछ। जब शहर भित्र महामारी फैलिएपछि रोगले आफुले भनेको जतिलाई लगेछ मृत्युले नी आफ्नो बाचा अनुसार रोगले लागेको भन्दा आधा मानिसलाई लगिरहेको रैछ तर भयले चै रोग र मृत्युले लगेको भन्दा बढिलाई लगेर गै रहेको देखेर धर्मगुरूहरूले ‘भय’ लाई रोकेर सोधेछन्ु तिमीले त कसैलाई लग्दैन भनेको होइन फेरी सबैभन्दा बढिलाई तिमीले किन लगेको यो प्रश्न सुनेर भयले भनेछ मैले यिनीहरूलाई लगेको होइन यिनीहरू नै आफै मेरो पछिलागेर आएका हुन् भन्दै सबैभन्दा बढि मानिसलाई भयले लगेर गएछ।

Classic Tech Desktop

तसर्थ भय त्यस्तो चिज हो जसले हामीलाई नजानिदो किसिमबाट रोगको मुखमा पुर्‍याउन मद्दत गर्छ जसले सजिलै मृत्युको नजिक पुर्याउछ। आज पनि यस्तै समयको सिर्जना बिश्व भरी नै भैरहेको छ।आज त्यहि ‘भय वा डर’ सबैभन्दा बढि हामी माथि हाबी भै रहेको छ। यस्तो समयमा हाम्रो सोचले हाम्रो जीवनमा ठूलो असर गरेको पाइन्छ तसर्थ सोच लाई सकारात्मक बनाउदै जीवन लाई सुखी र खुशी बनाउनु नै आजको सबैभन्दा ठूलो आबश्यकता हो। आज यस्तो परिस्थितिको सिर्जना भएको छ जसले बिश्वको हरेक मनलाई डरले प्रभाब पारेको छ।

परिस्थिति कोरोना भाईरस हो जसको कारण चिन्ता र भयले हरेक मनलाई खाइ रहेको छ। परिस्थितिले मनको स्थिति बनाएको भन्दा पनि मनको स्थितिले परिस्थिति बनाएको आज देखिदैछ जुन हुनुमा सबैभन्दा महत्वपूर्ण हात भनेको टेक्नोलोजीको विकास टेलिभिजन , सामाजिक संजालहरू र पत्रपत्रिका इत्यादिको भुमिका महत्वपूर्ण हो। हामी रोग र मृत्युको बारेमा हेरिरहेका छौ सूनीरहेका छौ सेयर गरिरहेका जसले रोग र मृत्यु भन्दा पनि भयलाई बढि सपोर्ट गरिरहेको छ। यहाँ कोरोना भाईरस भन्दा डरको भाईरसले मानब जातिको शरीरमा नोक्सानी सुरू गरिसकेको छ।

यो “virus of fear “सबैभन्दा महत्वपूर्ण रोग हो जसले मलाई मेरो घरको परिबारलाई मेरो राष्ट्रको तीन करोड नेपालीलाई मात्र नभएर बिश्वको सात आठ सय करोड जनसङ्ख्यालाई नै जकेडेर राखेको छ ।यो डर नै समस्याको जड हो। डाक्टर भन्दैछन डरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँछ। रोग प्रतिरोधात्मक क्षमता उमेरले होइन मनले तय गर्दछ भन्ने कुरा हाम्रो सम्मानिय प्रधानमन्त्रीले नै प्रमाणित गरिसकेको अबस्थामा हामीले आफुलाई बुझाउन सजिलै सक्छौ।

यस्तो अबस्थामा आज सारा बिश्वका मानिसहरु घरमा बसेर टेलिभिजन च्यानल र सामाजिक संजाल मार्फत कोरोना भाईरस कै समाचार हेरेर मृत्यु आदि बारे नकारात्मक सुचना मार्फत आफ्नो शरीरमा डरको नकारात्मक प्रभाव पारिरहेको अबस्था छ। दिनभरको नकारात्मक समाचारले हाम्रो सोचमा नै डर त्रास फैलिएको छ। सुचना संप्रेषण गर्नेले रोग नफैलोस भनेर सुचना दिनु राम्रो काम हो जसलाई नकारात्मक कुरा भन्न सकिन्न तर त्यो सुचनालाई डर त्रासको रूपमा चौबिसै घन्टा हेरेर लेखेर र सेयर गरेर पटक पटक दोहोर्याई रहनु चै साच्चिकै नकारात्मक प्रभाव वा असरलाई आफू प्रति आकर्षित गर्नु हो।

अर्थात् सधैं मोटरसाइकल र कार दुर्घटनाको भिडियो हेर्दा हेर्दा र मरेको मान्छेको कुरा सुन्दा सुन्दा हाम्रो मगजमा यस्तो नकारात्मक प्रभाव पार्छकी त्यसले गर्दा हामीले बाटोमा गाडि कुनै हालतमा चलाउन सक्दैनौ। हामीलाई भयले यस्तो जकेडेर राख्छ जसको कारण हाम्रो मगजमा एनजाइटि सिर्जना भएर स्वत नै दुर्घटना हुन सक्छ।

तसर्थ नकारात्मक सोचको प्रभाव पनि नकारात्मक नै हुन्छ। यो बम्हाण्डको नियम नै हो। प्रत्येक दश–दश मिनेटमा मोबाइल टिभीमा हाम्रो शुभचिन्तकहरूले शुभ भावनाले रोगबाट बच्ने सन्देश पठाई रहेका हुन्छन् जुन साच्चिकै हामी लाई आबश्यक नै छ त?? दिनमा १५मिनेट समाचार सुनौ जानकारीको लागि तर हरेक १५ मिनेट मा समाचार सुन्ने त्यसको पिकचर हेर्ने, त्यसैको बारेमा सामाजिक संजालमा लेख्ने र त्यसैको बारेमा घर परिवारमा कुरा गर्ने इत्यादिले हाम्रो पुरै शारीरिक शक्ति रोग मृत्यु र भयमा मात्र सिमित भैरह्यो भने त्यसले हाम्रो प्रतिरक्षात्मक शक्ति समाप्त भएर हामी माथि त्यो रोगले सजिलै आक्रमण गर्न सक्छ।

हाम्रो आन्तरिक शक्तिलाई डर र त्रासले नास गर्ने छ। जसको कारण कोरोना जस्तो नकारात्मक तत्वलाई सजिलै आकर्षण गर्छ। तसर्थ नकारात्मक तत्वलाई समाप्त गर्ने एक मात्र उपाय सकारात्मक सोच राखेर यो भाइरस छिटै हराउछ हामी नेपाली र नेपाल लाई दुःख दिदैन हामी भाईरससंग लडन सक्छौ भन्ने सकारात्मक सोच मात्र सकारात्मक परिणामको एउटा प्रमुख उपाय हो। पशुपति नाथले हामी सबैको कल्याण गरेका छन् र सधै गर्छन् ।

प्रतिकृया