• २२ भदौ २०८३, सोमबार
  • ३ः१७ दिउँसो

जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन भएपछि…

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ११:३२

कास्की, पोखरामा जिम्मेवार व्यक्ति नै प्रातःभ्रमणका नाममा डाँडाकाँडातिर देखिन थालेपछि कास्की प्रहरीले लकडाउनको सिद्धान्त पूर्ण पालन गर्न आग्रह गरेको छ ।

National Life

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई पोखराका जिम्मेवार व्यक्तिबाटै पूर्ण पालन नगरी मनपरी हिँड्ने र आफ्नो रवाफ देखाउने गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए । उनले सडकमा सामाजिक अगुवा नै प्रातःभ्रमणका नाममा जथाभावी हिडिदिँदा सर्वसाधारणमा भ्रम सिर्जना भएको बताए ।

उनले सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेहरुबाट पहिलो दिन ३७० र दोस्रो दिन १६७ जनाको सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए । नियम उल्लङ्घन गरेर अत्यावश्यकबाहेक सवारी साधन चलाउनेहरुको सवारी साधन नियन्त्रणमा लिएर कारवाहीलाई सशक्त बनाइएको पनि उनले बताए ।

Classic Tech Desktop

लकडाउनको तेस्रो दिन पोखराका अत्यावश्यक उपभोग्य वस्तुका पसल खोल्न आग्रह गरिए पनि मुख्य शहरका प्रायःजसो पसल बन्द छन् भने सवारी साधन ज्यादै कम मात्रामा चलेका छन् । अहिलेसम्म पोखरा र आसपासमा कोरोना भाइरसका सङ्क्रमित नदेखिएको र उच्च सतर्कता अपनाउन सके सुरक्षित हुन सकिने अवस्था छ । सरकारसँगै जनता पनि जिम्मेवार बनेर यो एकहप्ते लकडाउनलाई पूर्ण पालना गर्ने हो भने कोरोनाविरुद्धको लडाइँ जित्ने सकिने कार्कीको विश्वास छ ।

कुनै एक जनाको लापरवाहीले धेरैको जीवनलाई प्रभाव पार्ने भएकाले अहिलेको अवस्थालाई कुनै राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द जस्तो नसम्झी परिवारका साथ घरै बसेर लकडाउनको पूर्ण पालन गर्न उनको आग्रह छ । उनले अटेर गर्नेलाई ६ महिनासम्म कैदमा पठाउन सकिने कानून रहेकाले नियमको पूर्ण पालन गर्न सबैमा आग्रह गरे ।

प्रतिकृया