किटाणुमुक्त बनाउन कीटनाशक औषधि छर्कन काममा तीब्रता १० वटा ट्याङ्कर परिचालन
प्रकाशित मिति
२०७६ चैत्र १४ गते, शुक्रबार १०:२६

काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक स्थललाई कीटाणु मुक्त बनाउन कीटनाशक औषधि छर्किने कामलाई तीब्र रुपमा अगाडि बढाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल ,बानेश्वर, तीनकुने, सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल, लाजिम्पाट, पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको थियो ।


अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो । नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिने छ । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाले बताएका छन् ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम तिब्र रुपमा भइरहेको सापकोटाले जानकारी दिए ।
हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधनरनिस्संक्रामक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ । कोरोना भाइरस संक्रमण हुन नदिनका लागि यस्ता काम भइरहेको छ ।



प्रतिकृया