• २८ भदौ २०८३, आइतबार
  • ८ः५३ राती

हाम्रा नागरिकलाई सुरक्षित राख्नुहोला ’तपाईंहरुको नागरिक पनि हाम्रो देशमा सुरक्षित छन्,:परराष्ट्र मन्त्रालय

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०२:१९

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका आफ्ना नेपाली नागरिकहरु रहेका सम्बन्धित ३० राजदूतावास र तीन स्थायी नियोग मार्फत नागरिकहरुलाई सुरक्षित गर्न आग्रह गरेको छ ।

National Life

नेपालमा आउने अन्तर्राष्ट्रिय नाकाहरु लकडाउनका कारण तीन दिनदेखि बन्द भएपछि मन्त्रालयले विशेमा रहेका आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न आग्रह गरेका हुन् । मन्त्रालयले सम्बन्धित मुलुकलाई पठाएको सन्देशमा तपाईका नागरिक हाम्रो देशमा सुरक्षित छन्, हाम्रो नागरिकलाई पनि सुरक्षित साथ राखिदिन हुन अनुरोध गरिएको छ ।

मन्त्रालयले नेपालमा रहेका सम्बन्धित मुलुकहरुका नागरिकहरुलाई पनि नेपाल सरकारले सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेश स्थित नेपाली नियोगहरुका राजदूत तथा नियोग प्रमुखहरुसँगको भिडियो कन्फरेन्समा पनि विदेशमा रहेका नेपालीहरुलाई त्यहाँको सरकारले गरिरहेको सुरक्षाको बारेमा जानकारी दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री ज्ञवालीले कोरोनाभाइरसका कारण मुलुक लकडाउनको अवस्थामा हुँदा नेपालीहरुलाई भिसाको समस्या पर्ने भएकोले त्यस्ता विषयमा सम्बन्धित सरकारसँग कुरा गरेर हालका लागि एक पटक भएपनि समस्याको समाधान गर्न राजदूत र नियोग प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकहरुमा सुरक्षित राख्न परराष्ट्र मन्त्रालयलाई समन्वय गर्न आग्रह गरेको थियो । सरकारले चैत ११ देखि १४ दिन आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय नाकाहरुसहित हवाई उडान पनि बन्द गरेको छ ।

प्रतिकृया