अब आधा सिलिन्डर ग्यास मात्र पाइने
प्रकाशित मिति
२०७६ चैत्र १३ गते, बिहीबार ०२:४२
काठमाडौं । अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।निगमका एक अधिकारीका अनुसार माग अनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।
आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जाकारी दिए। २०७२मा भारतले लगाएको अघोषित नाकाबन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।
अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च छ । तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ ।
सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारको तर्क छ । एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेले आधा ग्यास भर्न सुरु गरिसकेको जाकारी दिए।






प्रतिकृया