• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

मुस्ताङमा अलपत्र १ सय २१ पर्यटकहरुलाई काठमाडौं पठाइयो

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०३:०४

 

पोखरा । नेपाल लकडाउन भएपछि अन्नपूर्ण फेरो पदमार्ग र हिमाली जिल्ला मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको थोराङ पास गरेर मुस्ताङ आइपुगेका र मुस्ताङ घुम्न पुगेका गरी १ सय २१ पर्यटकको जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरेको छ ।

Kamana Sewa

मुस्ताङबाट मंगलबार १३ जना, बुधबार ५१ जना पर्यटक काठमाडौं पठाइएको छ भने आज ५७ जना पर्यटकलाई पठाउन लागिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले जानकारी दिएका छन् ।

Classic Tech Desktop

मुस्ताङबाट २ वटा बसमा पर्यटकलाई काठमाडौं पठाउने ब्यवस्था मिलाइएको उनले बताए । मुस्ताङबाट उद्धार गरिएका अधिकांश अमेरिकन, फ्रेन्च, जर्मन, इटालीयन, स्पेनिस पर्यटक छन् ।

‘उनीहरु राउन्ड अन्नपूर्ण पदमार्गमा आएका थिए भने केही मुस्ताङ घुम्न आएका थिए । मुस्ताङका विभिन्न क्षेत्रबाट सम्पर्कमा आएका पर्यटकलाई काठमाडौं पठाउन लागिएको हो । मुक्तिनाथ, जोमसोम लगायतका क्षेत्रमा ती पर्यटक बसिरहेका थिए ।

विदेशमा कोरोनाको सन्त्रास अझ बढी रहेकाले उनीहरु सोही क्षेत्रमै बस्न चाहेको थिए । तर, विदेशबाट आएर हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थान र दूतावासको सम्पकका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ)वेदप्रसाद अर्यालले बताए। मुस्ताङमा रहेका अरु पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।

फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना पर्यटकलाई लैजान विमान चार्टर्ड गरेको छ । बुद्ध एयरको ७२ जना क्षमताको विमान चार्टर गरेर आफ्ना नागरिकलाई काठमाडौं लैजान लागेको हो ।

मुस्ताङबाट फर्किँदै गरेका र पोखरामा रहेका गरी ६० जना फ्रेन्च नागरिकलाई चार्टर्ड गरेर काठमाडौं लगिने दूतावासले जनाएको छ । कोरियाली दूतावासले पनि आफ्ना नागरिकको पोखरा आएर खोजी गरिरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

प्रतिकृया