• २८ भदौ २०८३, आइतबार
  • ९ः४५ राती

कोरोनाको सङ्मण फैलन नदिने सेवाग्राहीको सेवामा निरन्तर क्रियाशिल

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०१:५५

 

National Life

कर्मचारी हुनु तिमल्सिना जस्तोपो

काठमाडौँ । नागार्जुन नगरपालिकाका योजना तथा प्रशासन उपशाखा प्रमुख नारायणप्रसाद तिमल्सिना निरन्तर जनताको सेवामा क्रियाशिल रहनु भएको छ । कोरोना भाइरस (कोभिड १९ ) संक्रमण फैलन नदिन निरन्तर बिहानदेखि साँझसम्म सेवाग्राहीकै सेवाग्राहीका लागि सक्रिय रहँदै आउनुभएको हो ।
देश पुरै लकडाउन भएको अवस्थामा पनि उहाँ नियमितिरुपमा साबुन पानीले हात धुनका लागि सर्वसारधालाई जानकारी गराउने, नगरपालिकाको आपत्तकालीन बैठक बोलाउने, आवश्यकता अनुसार सूचना सार्वजनिक गर्ने, नगरपालिका क्षेत्रमा कोही विदेशबाट आएका व्यक्ति भए सोको तथ्याङ्क राख्ने र नगरबासीलाई लकडाउनको पूर्णपालना गरी घरैमा बस्न आग्रह गर्ने महाअभियानमा उहाँ क्रियाशिल रहनुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै स्वास्थ्य सामाग्री साबुन, माक्स, स्यानिटाइजर लगायतका सामाग्रीको व्यवस्थापन गर्ने, त्यस्तै नगरपालिका भित्र फोहोर नगर्न सबैमा आग्रह गर्ने जनप्रतिनिधि र कर्मचारीबीच आवश्यक समन्वय गरी नगरबासीको सेवामा तिमल्सिना निरन्तर सक्रिय रहनु भएको छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसियनका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका तिमल्सिनाले नगपालिकालाई आवश्यक पर्दा जुनसुकै अवस्थामा पनि कार्यालय समय भन्दा अन्य समयमा सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आउनुभएको छ ।

उहाँले यसअघि २०७२ सालको भूकम्पमा पनि राष्ट्रका लागि आएको विपत्तिलाई ठटेर सामाना गर्दै निरन्तर सेवाग्राहीको सेवामा क्रियाशिल रहनु भएको थियो । उहाँको कामको सबै क्षेत्रबाट उच्च प्रशासंसा गरिएको छ । तिमल्सिना जस्तै कर्मचारी सबै निकायमा हुने हो भने कोरोना नियन्त्रण मात्र होइन सेवा प्रवाह विकासको गति नै उचाइमा पुग्नेमा कुनै शंका छैन ।

प्रतिकृया