नगरिकलाइ कोरोना सम्बन्धि सचेत गराउन घरदैलो कार्यक्रम
प्रकाशित मिति
२०७६ चैत्र १३ गते, बिहीबार १०:१२
उदयपुर, उदयपुर बिस्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सक्रमणबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि हालसम्म ३ ओटा कोरोना सक्रमितहरु भेटिएका छन भने १ जना पुर्ण रुपमा ठिक भइ घर फर्किसकेका छन । कोरोना भाइरसको जोखिमलाइ मध्यनजर गर्दै सरकारले मङ्गलबारबाट देशभरीनै लकडाउनको घोषण गरि कार्यन्वयनमा ल्याएको छ ।
सरकारको घोषणलाई पुर्ण रुपमा कार्यन्वयन गराउन सहयोग पुराउने हिसाबले बेलका नगरपालिका उदयपुरका युवाहरु परिचालन भएका छन । शुभ बिहानी नेपाल नामक सस्थाले ग्रामिण क्षेत्रमा रहेका नगरिकलाइ कोरोना सम्बन्धि सचेतना जागरण गर्नका लागि घरदैलो कार्यक्रम गरेका छन । उनिहरुले नागरिकलाइ कोरना भाइसको जोखिम र यसबाट वचन सक्ने उपायहरुबारे सचेतना जागरण गरे का हुन ।
सस्थाले सचेतनामुलक ब्यानर सार्वजनिक स्थलमा टासेको, पम्लेट बाड्ने कार्य गरेको जानकारी सस्थाका सचिव अमर सिवाकोटी गराए । सिवाकोटीका अनुसार २०० थान मास्क बितरण गरिएको र सार्वजनिक स्थानमा साबुन पानी सहित हात हुने ब्याबस्थापन समेत गरिएको जानकारी गराए ।






प्रतिकृया