• २९ भदौ २०८३, सोमबार
  • ५ः५६ बिहान

नेपाली नेताका गोप्य सूचना भारतीय दुतावासमा बेच्ने बुढाथोकी यी हुन्

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ११:००

काठमाडौँ , साँघु साप्ताहिकका प्रकाशकरसम्पादक गोपाल बुढाथोकीले वामपन्थी नेताका सूचना भारतिय दुतावासमा बुझाएर आर्थिक लेनदेन गर्ने गरेको कुरा प्रकाशमा आएको छ । प्रेस सँगठनका केन्द्रिय सदस्य एकिन्द्र कुँवरले एक बिज्ञप्ती मार्फत पत्रकार बुढाथोकिको आर्थिक लेनदेनको कुरा सार्वजनिक गरेका हुन ।

National Life

साँघु साप्ताहिकमा सोमबार प्रकाशित ‘रावलका सल्लाहकारबाट प्रदेश नै आतंकित’ भन्ने समाचारप्रति आपत्ति जनाउँदै कुँवरले मँगलबार एक बिज्ञप्ती जारी गर्दै पत्रिकाका प्रकाशक गोपाल बुढाथोकीले साँघु पत्रिकालाई बार्गेनिंग गर्ने औजारका रुपमा प्रयोग गर्दै आएको उल्लेख गरेका छन ।

साँघु पत्रिकामा रावलका सल्लाहकार भनिएका कुँवरले मंगलबार विज्ञप्ति जारी गर्दै समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । कुँवरले उक्त समाचारमा कुनै सत्यता नभएको र आफू भीम रावलको सल्लाहकार वा सहयोगीको रूपमा कहिल्यै कार्यरत नरहेको स्पष्ट पारेका छन् । साथै साँघुले समाचारलाई वार्गेनिङ गर्ने औजारका रूपमा प्रयोग गरेको कुँवरले आरोप लगाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भनेका छन्, ‘मनोगत समाचार प्रकाशित गरेर भ्रम श्रृजना गर्ने कार्यको निन्दा गर्दै खेद प्रकट गर्दछु ।’साँघुका सम्पादक गोपाल बुढाथोकीले नेपाली नेताको गोप्य विवरण बुझाएर भारतीय राजदुतावातसबाट पैसा लिने गरेको आरोप लगाएका छन् । साथै, बुढाथोकीले पत्रिकालाई वार्गेनिङ गर्ने औजारका रूपमा प्रयोग गरेर र शक्ति केन्द्र धाएर अकुत सम्पति कमाएको आरोप विज्ञप्तिमा लगाइएको छ

सोमबारको साँघुमा नेकपा नेता रावलका सल्लाहकार एकिन्द्र कुँवरले सुदूरपश्चिम प्रदेशलाई आतंकित बनाएको निष्कर्षसहित समाचार छापिएको थियो ।उक्त समाचारबारे नेकपा नेता रावलले मंगलबार बिहानै ट्वीटमार्फत खण्डन गरेका थिए । उनले आफ्नो कुनै पनि सल्लाहकार नभएको ट्वीटमार्फत स्पष्ट पारेका छन् ।

प्रेस सँगठनका केन्द्रिय सदस्य एकिन्द्र कुँवरले साँघु साप्ताहिकमा प्रकाशित समाचारमा आपत्ती जनाउदै बिज्ञप्ती सार्वजनिक गरे पश्चात सामाजिक सँजालमा साँघु साप्ताहिक र पत्रिकाका प्रकाशक गोपाल बुढाथोकि बिरुद्ध बिभिन्न टिप्पणी भएका छन ।

सामाजिक सँजाल फेसवुकमा अधिकांशले साँघु साप्ताहिकले समाचारमा आर्थिक मोलमोलाई गर्ने कार्य अझै पनि नरोकेको रैछ भन्ने सम्मको प्रतिक्रिया दिएका छन भने केहिले अर्काको चरित्र हत्या गर्ने काम साँघु साप्ताहिकको कर्तव्यका रुपमा रहदै आएको समेत भनेका छन ।

कुँवरले प्रकाशित गरेको बिज्ञप्ती

साईपालन्युज साभार

प्रतिकृया