• २० भदौ २०८३, शनिबार
  • ७ः०४ बिहान

अदुवा–चिया पिउनुका फाइदा

प्रकाशित मिति

२०७६ चैत्र १२ गते, बुधबार ०६:३०

भक्तपुर, चिया हामीले दैनिक पिउने गर्दछौ । चिया प्राय विहनको समयमा परिवार संगै बसेर पिउने गरिन्छ तर अदुवा–चिया पिउनले हाम्रो शरिरलाई विभिन्न फाइदा पुर्याउछ ।

National Life

अदुवा चिया पिउनुका फाइदा

-अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार राम्रो बनाउँछ । साथै, हृदयाघात र मुटुरोगीका लागि फाइदाजनक हुन्छ ।

Classic Tech Desktop

-एन्टिअक्सिडेन्टको मात्रा बढ्छ । फलस्वरूप शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

-दैनिक अदुवा चिया पिउँदा तनाव कम हुन्छ । साथै, चिया र अदुवाको मिश्रणबाट बन्ने रसायनले शरीरमा ऊर्जा प्रदान गर्छ ।

-श्वासप्रश्वासको समस्याका लागि पनि अदुवा चिया उपयोगी मानिन्छ । साथै, गाडीमा बान्ता हुने समस्या हल गर्छ ।

-हड्डी तथा बाथरोगका बिरामीले अदुवा चिया पिएमा आराम मिल्छ ।

-रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ ।

-पाचन प्रक्रियामा सुधार ल्याउनुका साथै शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रस उत्पादन गर्छ ।

-अदुवा चियाको नियमित सेवनले महिनावारी गडबडीमा सुधार ल्याउँछ ।

प्रतिकृया