• २० भदौ २०८३, शनिबार
  • ८ः२९ बिहान

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो

प्रकाशित मिति

२०७६ चैत्र १२ गते, बुधबार ०६:०३

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ६ सय ११ पुगेको छ। कोरोना भाइरस बारे प्रकाशित पछिल्लो तथ्यांक अनुसार, ४ लाख १७ हजार ५ सय ८२ लाई कोरोना संक्रमण भइसकेको छ। १ लाख ७ हजार २ सय ४७ लाई भने उपचारपछि निको भइसकेको छ।

National Life

कोरोनाबाट सबैभन्दा आक्रान्त इटालीमा ६ हजार ८ सय २० को मृत्यु भइसकेको छ। त्यहाँ ६९ हजार १ सय ७६ जनालाई कोरोना संक्रमण भइसकेको छ। इटालीका ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन्।

प्रतिकृया