• २२ भदौ २०८३, सोमबार
  • ६ः३० बिहान

कालोबजारी गर्ने चार जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०२:३०

जनकपुरधाम, मास्क र स्यानिटाइजर कालोबजारी गरेको आरोपमा चार जना औषधी व्यवसायीहरु पक्राउ परेका छन् ।

National Life

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए ।

Classic Tech Desktop

पक्राउ गरिएका चारै व्यवसायीको थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया