• २४ भदौ २०८३, बुधबार
  • ७ः३७ बेलुका

कोरोनाभाइरस त्रास : लण्डन म्याराथन पहिलो पटक स्थगित

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ०२:०७

काठमाडौं । कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएपछि संसारभरका खेल कार्यक्रम रद्द हुनेक्रम बढेको छ । कोरोनाभाइरसकै प्रभावले लण्डन म्याराथन समेत पहिलो पटक स्थगित भएको छ ।

National Life

अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको हो । कोरोना भाईरसको फैलदो संक्रमणको कारण देखाउँदै प्रतियोगिता ६ महिना पर सारिएको छ ।

यसअघि अप्रिल २६ मा सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता अक्टोबर ४ का लागि सारिएको छ । सन् १९८१ मा म्याराथनको सुरुवात भएपछि पहिलो पटक प्रतियोगिता स्थगित भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया