• २० भदौ २०८३, शनिबार
  • १२ः५२ राती

खेल प्रतियोगिताहरु स्थगित क्रम बढ्दो, आर्सनलका प्रशिक्षकमा पनि देखियो कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०७:५४

एजेन्सी । संसारभरि कोरोना भाइरसको संक्रमण बढेसँगै खेलकुदका प्रतियोगिता तथा गतिविधिहरु स्थगित हुने क्रम पनि बढ्दो छ। इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगलगायतका महत्वपूर्ण ठूला प्रतियोगिताहरु रोकिएका छन्।

National Life

अमेरिकामा तत्काल हुँदै गरेका सबै मुख्य खेलकुद प्रतियोगिताहरु स्थगित गरिएको छ। विश्वभरि नै विभिन्न कारण रोक्न नसकिएका खेलकुद प्रतियोगिताहरु पनि बन्द रंगशालमा दर्शकविना गर्न थालिएको छ। शीर्ष क्लबका खेलाडी तथा प्रशिक्षकहरुमै कोरोनाको संक्रमण देखिन थालेपछि विश्व खेलकुद थप चिन्तित बनेको छ। पछिल्लो पटक इङलिस प्रिमियर लिगको महारथी आर्सनलका प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई हालः क्वारेन्टाइनमा राखिएको छ भने आर्सनल र ब्राइटन एण्ड होबबीच अर्को हप्ता हुने प्रिमियर लिग फुटबलको खेल संक्रमण अझै विस्तार नहोस् भनेर स्थगित गरिएको छ।

गत साता पनि यस्तै कारण म्यानचेस्टर सिटी र आर्सनलबीच इत्तिहाद रंगशालामा हुने तय भएको खेल कोरोना भाइरसको जोखिमकै कारण स्थगित गरिएको थियो। यसैगरी स्पेनिस क्लब रियाल मड्रिडको बास्केटबल टिमका एक जना खेलाडी कोरोना भाइरसको संक्रमणमा परेका छन्। रियालको फुटबल टोलीले पनि उनीसँगै प्रशिक्षण गर्ने गरेकाले क्लबले आफ्ना सम्पूर्ण खेलाडीहरुलाई क्वारेन्टाइनमा राखेको छ। त्यही कारण रियाल मड्रिड र म्यान्चेस्टर सिटीबीच अर्को हप्ता हुने च्याम्पियन्स लिग अन्तिम १६अन्तर्गत दोस्रो लेगको खेल रोकिएको छ।

Classic Tech Desktop

कोरोना भाइरसकै कारण टेनिसका सम्पूर्ण प्रतियोगिता कम्तिमा ६ हप्ताको लागि स्थगित गरिएको छ। अन्तर्रा्ष्ट्रिय टेनिसको नियमनकारी निकाय डब्लुटिएफले बुधबार विश्वभर नै सबैखाले टेनिसका प्रतियोगिता अर्को सुचना नगरेसम्मका लागि भनेर रोक्न निर्देशन दिएको थियो।

छिमेकी भारतको विदेश मन्त्रालयले पनि ट्वान्टी–२० स्वरुपको फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल)स्थगित गर्न आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई सुझाव दिएको छ। भारत र दक्षिण अफ्रिकाबीच जारी एकदिवसीय क्रिकेट शृंखलाका दुई खेल तथा इन्डियन सुपर लिग फुटबलको गोवामा हुने फाइनल खेल खाली रंगशालामा खेलाइने भएको छ।

प्रतिकृया