• ३० भदौ २०८३, मंगलबार
  • ९ः५३ राती

पुष्पा भुषालको प्रश्न: नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०६:०४

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले महिलामाथि हुने विभेदको अन्त्य गर्न समाज रुपान्तरण गर्न आवश्यक रहेको औंल्याउनुभएको छ । उहाँले महिला पनि यो देशको प्रधानमन्त्री बन्न योग्य रहेको स्पष्ट पार्नुभएको छ ।

National Life

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा आफूहरुले ठूलो संघर्ष र आन्दोलनबाट अहिलेको अधिकार र अवसर प्राप्त गरेको सुनाउँदै अझैपनि संघर्षको यात्रामा विश्राम नलागेका बताउदै भुषालले भन्नुहुन्छ्,‘हामीले सडक र सदनमा संघर्ष गरेका छौं । हिजोको परम्परागत भूमिकासँगै अब आधुनिक भूमिका निर्वाह गर्नुपर्छ । हामीले राजनीतिक अधिकार नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

उहाँले संविधानमै लेखेको महिला अधिकारको कुरा पालना गर्ने सवालमा सरकार किन उदासिन भएको भन्दै प्रश्न गर्दै भन्नुभयो्,‘उपसभामुख पनि पुरुष हुनुपर्छ भनेर संविधानमा व्यवस्था गरेको भए अहिले यो पद खाली नै हुँदैनथियो । तर, महिला हुनुपर्ने व्यवस्था गरेकोले अहिलेसम्म विलम्ब भएको छ । पुरुष नभएर महिला हुनुपर्ने व्यवस्था भएको कारण उपसभामुखको पदमुपुर्तीमा विलम्ब भएको हो । पुरुष हुने व्यवस्था भएको भए अहिलेसम्म उपसभामुख पदासिन भैसक्नुहुन्थ्यो ।’

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसो गरिए महिलाहरुले आरामदायी मत हाँसिल गर्नसक्ने पनि तर्क गर्नुभयो ।

उहाँले संघीय संसदमा पनि कुनैपनि पुरुष सांसदभन्दा महिला सांसदहरुको भूमिका कम नभएको जिकिर समेत गर्नुभयो । उनले समानुपातिक सांसदहरुको लागि बजेटमै विभेद गरिएको पनि गुनासो समेत गर्नुभयो ।

उहाँले महिलाहरु पनि चुनाव जितेर आएको सुनाउँदै भोलिका दिनमा पनि चुनाव जित्न सक्षम रहेको उल्लेख गर्नुभयो तर, नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ? भनेर पनि उनले प्रश्न गर्नुभयो । महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गरिए आफूहरुले प्रत्यक्ष निर्वाचनमा भाग लिनेपनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नेपालमा महिलाहरु पनि प्रधानमन्त्री बन्न योग्य रहेको बताउदै भन्नुभयो,‘प्रधानमन्त्री हुनको लागि हामीसँग योग्यता, क्षमता छ । हामीले उत्साहपूर्ण भूमिका निर्वाह गरिरहेका छौं ।’

उहाँले अहिले राज्यको हरेक निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागिता संविधानमै सुनिश्चितता भएको उल्लेख गर्दै आगामी दिनमा पनि महिलाहरु एक भएर जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया