• २९ भदौ २०८३, सोमबार
  • ७ः३३ बेलुका

देशको नेतृत्व लिन महिला योग्य र सक्षम छन्, महिला प्रधानमन्त्री बन्न किन नसक्नु ? : मन्त्री अर्याल

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०५:४३

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकोले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पार्नु भएको छ । ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताउनु भएको हो ।

National Life

विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उहाँले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता रहेको बताउनुभयो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेकोपनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै नभएर त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको मन्त्री अर्यालले बताउनुभयो । बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री अर्यालले महिलाले प्राप्त अवसरलाई चम्नुपर्ने बताउँदै हरेक परीक्षामा पास हुनुपर्ने बताउदै भन्नुभयो, ‘महिलामा प्रतिष्पर्धीषमता अभिवृद्धि भैरहेको छ । राष्ट्रि निर्माणको दायित्व पूरा गर्ने सवालमा पनि महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा जगजाहेर छ ।’ राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भैसकेको र उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकोले महिला सक्षमताको पुष्टि भएको उहाँको भनाई छ । उहाँले थप्दै भन्नुभयो,‘आजसम्म जो जो महिला महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, कसैमाथि पन िकाम गर्न नसकेको भनेर प्रश्न उठेको छैन् । बरु, कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह भएको भनेर चर्चा तथा परिचर्चा भएका छन् ।’ त्यतिमात्रै नभएर देशको हरेक निकायमा जो जो महत्वपूर्ण पदमा पुगेका महिलाहरु छन्, उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेकोपनि उहाँले दाबी गर्नुभयो । देशको नेतृत्व लिनेगरि महिला प्रधानमन्त्री बन्ने कुरा पनि सम्भव रहेको उहाँले सुनाउनुभयो ।

प्रतिकृया