• २९ भदौ २०८३, सोमबार
  • ६ः५५ बेलुका

नेवि संघले गर्यो नि:शुल्क माक्स वितरण

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०५:२८

काठमाडौँ, नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले बानेश्वरमा माक्स वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणले नेपालमा पनि मास्क र स्यानिटाइजरको अभाव भएपछि नेविसंघले आइतबार एक हजार थान मास्क वितरण गरेको हो ।

National Life

कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले मास्क वितरण गरेकोे छ । नेविसंघ भ्याली ईञ्जिनियरिङ कलेजका सभापति विवेक बस्नेत, महामन्त्री महेश्वरी कुँवरलगायतले मास्क वितरण गरेका हुन् । नेविसंघले देशैभर नि:शुल्क मास्क वितरण अभियान नै सुरू गर्ने नेविसंघ नेता अनुराग साहले जानकारी दिए ।

कांग्रेसले कोरोनाभाइरस संक्रमण सचेतनाका लागि भातृ संस्थालाई परिचालन गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाभाइरस फैलन सक्ने उच्च जोखिममा रहेको सूचीमा राखेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया