• २९ भदौ २०८३, सोमबार
  • ७ः२६ बिहान

कुनैपनि नेताले आफ्नो मनले ३३ प्रतिशत अधिकार दिएको होईन, लडेर ल्याएका हौं: चन्दा चौधरी

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०५:०३

काठमाडौं, राजपा नेपालकी महामन्त्री चन्दा चौधरीले आफूहरुले थुप्रै आन्दोलन र संघर्ष गरेर अहिलेको अधिकार प्राप्त गरेको स्पष्ट पार्नु भएको छ ।

National Life

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उहाँले परिवर्तन हुनुमात्रै ठूलो कुरा नभएको सुनाउँदै महिलाहरुले अझै अवसर नपाएको पनि गुनासो पोख्नुभयो ।

नेपालको सामाजिक बनोट नै पितृसत्तात्मक रहेको सुनाउँदै सांसदहरुलाई विकास बजेट दिने कुरामापनि विभेद गरिएको चौधरीको गुनासो गर्दै भन्नुभयो, ‘‘कुनैपनि नेताले हामीलाई त्यतिकै आफ्नो मनले ३३ प्रतिशत अधिकार दिएको होईन् । हामीले लडेर ल्याएका हौं । महिलाहरुलाई अवसर दिने कुरामा पहिले पार्टीले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले पत्रकार ऋषि धमलाले अब यो देशको महिला प्रधानमन्त्री कहिले बन्नुहुन्छ ? भनेर आफुहरुलाई सोधेको प्रश्नमा जवाफ दिँदै भन्नुभयो, ‘ऋषिजीले सायद, यो प्रश्न जो निर्णायक तहमा बस्नुभएको छ, ती नेताहरुलाई सोध्नुभएको भए राम्रो हुनेथियो ।’

चौधरीले नेपालका महिलाहरु पनि प्रधानमन्त्री बन्न योग्य र सक्षम रहेको बताउनुभयो । उहाँले महिलाहरुले पनि आफ्नो दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड समेत दिनुभयो । उहाँले भन्नुभयो ‘पहिले र अहिलेको अवस्थामा धेरै फरक छ । महिलाहरु अहिले जागरुक भएका छन् । आफ्नो हकअधिकारकोलागि आफैं लड्न सक्ने भएका छन् । अहिले तराई मधेशमा हेर्नुहोस महिलाहरु स्कुटर चलाएर सक्रिय रुपमा सामाजिक तथा राष्ट्रिय अभियानमा नेतृत्वदायी भूमिका निर्र्वाह गर्दै हिँडिरहेका छन् ।’

प्रतिकृया