• १ असोज २०८३, बिहीबार
  • ९ः२३ बिहान

महिला सक्षम र योग्य छन्, यो कुरा प्रमाणित भैसक्यो : कोमल वली

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०६:२१

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलालाई अधिकार दिएमा कहीँ कतै पनि पछि पर्दैनन् भन्ने कुरा पुष्टि भैसकेको बताउनुभयो ।

National Life

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा कार्यक्रममा समानताको हक र अधिकारमात्रै नभएर अवसर पनि प्राप्त गर्न महिला अग्रसर हुनुपर्ने बताउदै उहाँले भन्नुभयो,‘नेपालको हकमा त यो कुरा प्रमाणित भैसकेको छ । त्रिुभवन विश्वविद्यालयका हरेक संकायमा बहुसंख्यक महिलाले टप गरिरहेका छन् । वर्षेनि दशौं हजार दिक्षित भएका छन् । तर, अवसर लिने ठाउँमा उनीहरु त्यति देखिँदैनन् ।’

वलीले महिलाहरुले आफ्नो अधिकारलाई अनुभुत गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘त्यही भएर संयुक्त राष्ट्रसंघले पनि महिला अधिकारलाई अनुभुत गर्नसक्ने पुस्ता भनेर नारा दिएको छ । नेपालमा मात्रै होईन, विश्वव्यापी रुपमा पनि यही कुरा लागु हुने हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

कानूनमा बनेका कुराहरु व्यवहारमा लागु हुनुपर्ने बताउदै थप्नुभयो, ‘हामीले आफूलाई पुरुषसँग दाज्नु हुँदैन् । यो पुरुष पछार्ने कुरा पनि होईन् । हामीले आफूले आफैंलाई जित्नुपर्छ । नारीसँग त कसैको तुलना नै हुँदैन् । नारी यो धर्तीको सुन्दर सृष्टिकर्ता हो । जो अरुले गर्न सक्दैन् । नारी तुलनात्मक रुपमा पनि शक्तिशाली हो ।’

अवसर पाउने महिलाहरुले अरुको लागि काम गर्नुपर्ने बताउँदै आफ्नो भूमिकाको बारेमा पनि समिक्षा गर्नुपर्ने समेत उहाँले बताउदै केन्द्रदेखि स्थानीय तहसम्म र विभिन्न सामाजिक संघ तथा संस्थाहरुमा पनि महिलाहरुको प्रतिनिधित्व र सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रायः अवसर लिने कुरामा काठमाडौं केन्द्रित महिलाहरुलाई मात्रै नभएर काठमाडौं बाहिरकालाई पनि अवसर दिनुपर्ने उहाँको भनाई भियो ।

उहाँले नेपालको संघीय संसदको संरचना र महिला सहभागिताको विषय उल्लेख गर्दै दक्षिण एशियामै नेपाल पहिलो स्थानमा र विश्वमा ४८औं स्थानमा रहेको दाबी गर्नुभयो ।

प्रतिकृया