• १ असोज २०८३, बिहीबार
  • १०ः०९ बिहान

आफ्नो क्षमताको विकास गरौं, आफैं लड्नु्पर्छ: रेखा थापा

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०६:२८

काठमाडौं, चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह–महामन्त्री रेखा थापाले महिलाहरु आफ्नो अधिकारकोलागि आफैं लड्नुपर्ने बताउनुभयो । ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उहाँले भन्नुभयो, ‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन्, अझैपनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन् । हामीले उनीहरुले यो दिवस सेलिव्रेशन नै गर्दैनन् ।’ अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो लागु नभएको उहाँको गुनासो छ । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उहाँले आफ्नो तर्क गर्नुभयो ।

National Life

उहाँले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताउँदै भन्नुभयो, ‘महिला भनेको श्रृंगारको वस्तु होईन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिईन्छ । म भन्छु अब महिला बन्नको लागि होईन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’ उहाँले अहिलेपनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर समेत गर्नुभयो ।

उहाँले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताउदै, ‘हामी भोट नहालौं न । हामी सधैंभरि दमित भएर नबसौं । च्यालेन्ज गरौं ।’ उहाँले नारीको मन कमजोर बनाउनुपर्ने अवस्था नरहेको जिकिर गर्दै नारीभन्दा पनि मान्छे हौं भन्ने अनुभुति हुनुपर्ने पनि बताउनुभयो । उहाँले आजैबाट पटक–पटक नारी दिवस नमनाउन र छोरी भएर बाँच्नुपर्ने डर अन्त्य गर्न समेत आग्रह गनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया