श्रीलंकाविरुद्ध रसेलको तुफानी पारीले वेस्टइन्डिज विजयी
प्रकाशित मिति
२०७६ फाल्गुन २४ गते, शनिबार ०६:४९
काठमाडौँ । वेस्टइन्डिजले श्रीलंकाविरुद्धको टी-२० सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न दोस्रो खेल ७ विकेटले जितेपछि सिरिज २-० ले जितेको हो ।
श्रीलंकाले दिएको १५६ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १७ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्टइन्डिजका लागि आन्द्रे रसेलले तुफानी पारी खेलेका थिए । रसेलले १४ बल खेल्दै ६ छक्का प्रहार गरेर अविजित ४० रन बनाएका थिए । त्यस्तै ब्रेण्डन किंग र शिमरोन हेटमायरले ४३-४३ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज वेस्टइन्डिजका आन्द्रे रसेल बनेका थिए । योसंगै वेस्टइन्डिज टुरमा रहेको श्रीलंकाले एकदिवसीय सिरिज ३-० ले जितेको थियो भने टी-२० सिरिज वेस्टइन्डिजले २-० ले जितेको छ ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया