• २४ भदौ २०८३, बुधबार
  • २ः३७ दिउँसो

फेसबुक कर्मचारीमा कोरोना : सिंगापुर र लण्डनको कार्यालय बन्द

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०६:५७

एजेन्सी । सामाजिक संजाल फेसबुकले आफ्ना कार्यालयका कर्मचारी कोरोना संक्रमित भएको पाएपछि लण्डन र सिंगापुर कार्यालय बन्द गरेको छ ।

National Life

फेसबुकका प्रवक्ताले सिंगापुरस्थित मरिना वान कार्यालयमा शुक्रबार एक कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । अहिले सिंगाब्पुरस्थित कार्यालयका कर्मचारीलाई मार्च १३ सम्म घरबाटै काम गर्न निर्देशन दिएको बताएका छन् । कोरोनाको संक्रमणमा आएका फेसबुक कर्मचारी २३ देखि २६ फेब्रुअरीको बिचमा लण्डन कार्यालय गएर फर्किएको बताइएको छ । यस कारणले लण्डनको कार्यालय समेत बन्द गरिएको फेसबुकले जानकारी दिएको छ । अर्को सूचना नभएसम्म कर्मचारीले घरबाटै काम गर्ने बताइएको छ ।

यसअघि फेसबुकले आफ्नो चीनको संघाईस्थित कार्यालय अनिश्चितकालका लागि बन्द गरेको थियो । त्यस्तै फेसबुकले सान फ्रान्सिस्को र खाडी क्षेत्रका कार्यालयका कर्मचारीलाई शुक्रबार देखि घरबाटै काम गर्न निर्देशन दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया