नेटवर्किङ व्यबसायलाई अब ठगी भन्न पाइएन ! मानहानीको मुद्दा लाग्ला !
प्रकाशित मिति
२०७६ फाल्गुन ७ गते, बुधबार १०:०९
मन्त्री परिषद् बैठकले नेटवर्किङ पद्धतिलाई वैधानिकता प्रदान गरेको छ । केही दिनअघि मन्त्रिपरिषद् बैठकले सात वर्षअघि प्रतिबन्ध लगाएको नेटवर्किङलाई वैधानिकता प्रदान गरेको हो ।

पछिल्लो मन्त्रिपरिषद्ले प्रत्यक्ष बिक्री नियमावलीको पहिल्लो संशोधनपश्चात् नेटवर्क मार्के्टिङ पद्दतिलाई वैधानिकता प्रदान गरेको हो । नेटवर्क मार्के्टिङको इतिहास धेरै पुरानो छ । नेपालमा पनि केही वर्षअघि हर्बो र युनिटी लाइफलगायत नेटवर्क मार्के्टिङ कम्पनी चलाइएका थिए । तर, संस्थागत त्रुटिका कारण लामो समय टिक्न सकेका थिएनन् ।
सरकारले २०६८ चैत्र १८ गते को सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि नेटवर्क मार्के्टिङमा रोक लागेसँगै यी कम्पनीनी नेपालबाट विलय भएर गए ।
नेपालकै छिमेकी राष्ट्र चिनले सन २०१९ मा करिब ३५ बिलियन अमेरिकन डलरबराबरको प्रत्यक्ष बिक्रीमार्फत कारोबार गरेको तथ्यांक प्रकाशित छ । यसबारे केही नकारात्मक धारणा रहे पनि नेपालमा यससम्बन्धी कानुनी व्यवस्था सुरु भएसँगै केही सुधार आउने आकलन गरिएको छ ।

के हो नेटवर्क मार्के्टिङ (प्रत्यक्ष बिक्री)
आधुनिक प्रत्यक्ष बिक्री भनेको यस्तो बिक्री पद्धति हो जसमा एक एक गर्दै सम्पर्क ब्यवस्था बढाउँदै अन्तर्जालोको रुपमा सामग्रीहरुको बिक्री बितरण गरिन्छ । यो पद्धतिअनुसार व्यापार गर्दा कुनै पनि विज्ञापनका लागि खर्च नहुने भएकाले माउथ टु माउथ सेलिङ पनि भन्ने गरिन्छ । प्रत्यक्ष बिक्रीअनुसार हरेक उपभोक्तालाई वितरक डिस्ट्रिब्युटरको जिम्मा दिइन्छ र कुल बिक्रीबाट नाफा बितरकहरुमा बाँडिन्छ ।
कसरी छान्ने त राम्रो नेटवर्क कम्पनी ?
प्रत्यक्ष बिक्री सम्बन्धी नियमावलीका लागि सरकारले पहल गरेसंगै नेटवर्क रहेकाको चासो नेपालमा बढिसकेको छ ।
स्वदेशी तथा बिदेशी धेरै कम्पनीनिहरु खुल्ने संकेत देखिएको छ ।
यस्तो अवस्थामा नागरिकहरुले विचार र्पुयाउन नसके हर्बो र युनिटिलाइफको उपभोक्ताको हालतमा नपुग्लान भन्न सकिँदैन ।
त्यसैले प्रत्यक्ष बिक्री कम्पनी छान्दा निम्न कुरामा ध्यान र्पुयाउनुपर्ने देखिन्छ :
१)नेटवर्क कम्पनीनी के को आधारमा काम गर्दैछ ?
२)यसका उत्पादनहरु कस्ता छन् ?
३) यसका प्रबधनकर्ताहरु को को हुन र हिजो कुन पृष्ठभुमि बाट आएका हुन् ?
४)प्रबन्धकारहरुको दुरगामी लक्ष्य कस्तो छ ?
५) कम्पनीले कस्तो मिसन र भिजन बोकेर हिडेको छ ?



प्रतिकृया