• ७ असोज २०८३, बुधबार
  • ९ः४६ बिहान

रोनाल्डोले जोगाए युभेन्टसलाई, विवादास्पद पेनाल्टीमा गोल

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०७:४७

एजेन्सी । विवादास्पद पेनाल्टीमा गोल गरेपछि युभेन्टस एसी मिलानसँग बराबरीमा रोकिएको छ।

National Life

बिहीबार भएको इटालियन कोपाकपको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस एसी मिलान १-१ गोलको बराबरीमा रोकिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

६१ औं मिनेटमा एसी मिलानका लागि रेबिकले गरेको गोलमा पछि परेको युभेन्टसले अतिरिक्त समयको पहिलो मिनेटमा प्राप्त पेनाल्टीबाट बराबरी गरेको हो।

भिएआरको सहयोगमा युभेन्टसले सो पेनाल्टीको अवसर पाएको थियो। सो पेनाल्टीलाई क्रिश्चियानो रोनाल्डोले गोलमा परिणत गरेका थिए।

त्यसअघि थियो हेर्नानडेज दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिर जान बाध्य भएपछि एसी मिलान १० खेलाडीमा सिमित हुन पुगेको थियो।

१० खेलाडीमा सिमित भएपनि युभेन्टसले त्यसको खासै फाइदा भने लिन सकेन। दुबै टोलीबीच दोश्रो लेग मार्च ४ मा हुनेछ।

प्रतिकृया