• १९ भदौ २०८३, शुक्रबार
  • ८ः३६ बिहान

नेपालको आशा र सम्भावनाहरुको दियो बल्दै : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ११:०४

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा स्थिर सरकार निर्माण भएसँगै मुलुकले काँचुली फेर्न थालेको बताउनु भएको छ । अष्ट्रेलियामा गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद बस्नेतले नेपालको आशा र सम्भावनाहरुको दियो बल्दै गएको बताउनुभयो ।

आगामी वर्ष अविकसित मुलुकबाट अल्पविकसित मुलुकको रुपमा नेपाललाई घोषणा गर्ने सरकारको तयारी गरिरहेको जानकारी गराउँदै उहाँले आगामी दिनमा रोजगारीको लागि विदेशमा गएर भन्दा नेपालमा नै बढी आम्दानी गर्ने वातावरण बनाउने योजनाहरु समेत सरकारले व्यवस्थित रुपमा अघि बढाईरहेकोले अष्ट्रेलियामा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई नेपालमा आधुनीक कृषी तथा उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो ।

Kamana Sewa

विकसित मुलुकमा रहेको सूचना, प्रविधि र ज्ञानलाई नेपालमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले समानता र अधिकारको बहानामा हुने आन्दोलन समाप्त भएको अबको यात्रा समृद्ध नेपाल स् सुखी नेपाली निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो । नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा बंगलादेश पछिको दोस्रो रहेको उल्लेख गर्दै उहाँले नेपालमा आयात घटेको साथै निर्यात बढेको जानकारी गराउँदै दक्ष युवा क्रम बढेसँगै विदेश जानको संख्या घटेको रेमिट्यान्स भने बढेको जानकारी गराउनुभयो ।

Classic Tech Desktop

कार्यक्रममा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले नेपालीहरुले आफ्नै देशमा पसिना बगाएर भविष्य निर्धाणर गर्ने वातावरण सिर्जना हुँदै गएकाले विदेशमा सिकेको सीप नेपालमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । समाज रुपान्तरण गर्न कुनै पनि काम सानो वा ठूलो नहुने बताउँदै उहाँले लगानी गर्नेको सवैलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।उहाँसहितको टोली अष्ट्रेलियामा विकास भएको आधुनिक कृषि प्रणालीको वारेमा अध्ययन तथा अनुसन्धान गर्न अष्ट्रेलिया पुगेको थियो ।

प्रतिकृया