• २१ भदौ २०८३, आइतबार
  • १२ः२६ दिउँसो

जहाँ २२ रुपैयाँमा किशोरीले बेच्छन् शरीर

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०२:१८

एजेन्सी । खाने सामग्री जुटाउनका लागि किशोरीहरू २२ रूपैयाँमै यौन सम्बन्ध राख्न तयार हुन्छन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । केही राम्रो आर्थिक अवस्था बनाएका महिलाहरू भने ७०–८० रूपैयाँसम्म पनि लिन्छन् ।

National Life

यो अवस्था दक्षिणी अफ्रिकाका केही क्षेत्रमा छ । जो खाद्य संकटको सामना गरिरहेका छन् । रोयटर्सका अनुसार मानवीय आधारमा सहायता र्पुयाउँदै आएको अन्तर्रा्ष्ट्रिय संस्था वर्ल्ड भिजनले भोकमरीबाट ज्यान बचाउनका लागि अंगोलमा १२ वर्षदेखिका किशोरीहरू औसतमा ३० रूपैयाँमा यौन सम्बन्ध राख्न बाध्य हुने गरेको बताएको छ ।राष्ट्रसंघका अनुसार दक्षिण अफ्रिकामा साढे ४ करोड मानिस भोकको समस्या झेलिरहेका छन् । यसका पछि लामो समयको खडेरी, बाढी र आर्थिक अवस्था जिम्मेवार छ । वर्ल्ड भिजनले आफ्ना कर्मचारीले अंगोला, जिम्बाब्बेमा देह व्यापार गर्ने किशोरीको संख्यामा वृद्धि भएको देखेको उल्लेख गरेको छ । संकटका कारण यी देशमा बालविवाहको खतरासमेत बढेको छ ।

अंगोलमा वर्ल्ड भिजनका आपत्कालीन निर्देशक रोबर्ट बुल्टनले भने, ‘हुन सक्छ कि यहाँका युवतीहरूले यौन सम्बन्धका लागि ७२ रूपैयाँ (स्थानीय मुद्रामा ५ सय क्वान्जा) पाउछन् । कतिपयले २९ रूपैयाँ (२०० क्वान्जा) मा पनि यौन सम्बन्ध राख्छन् । रोबर्टका अनुसार पछिल्लो एक वर्षमा कतिपय खाद्यान्नको मूल्य दुई गुणासम्म भएको छ । जसका कारण सर्वसाधारणलाई जीवन चलाउन अत्यन्तै कठिन भइरहेको छ । अब जूनभन्दा अघि त्यहाँ खाद्य बाली तयार हुँदैन । यसका कारण समस्या थप जटिल पनि बन्न सक्छ ।

Classic Tech Desktop

जिम्बाब्बेका बारेमा केयर इन्टरनेसनल संस्थाले १४ वर्षसम्मका युवतीहरू देह व्यापार गरिरहेको उल्लेख गरेको छ । संस्थाका क्षेत्रीय लैंगिक विशेषज्ञ एभरजोए महुकुले भने, ‘कतिपय अवस्थामा देह व्यापार गर्ने युवतीले २२ रूपैयाँ मात्रै पनि पाउने गर्छन् ।’ एक्सन एडका क्षेत्रीय सल्लाहकार चिकोन्डी चबुवुताले मलावी र मोजम्बिकमा पनि युवती र महिलाहरूले जबर्जस्त देह व्यापार गर्नुपर्ने उल्लेख गरेका छन् । अफ्रिकाका केही क्षेत्रमा १९८१ पछि सबैभन्दा कम वर्षा भएको छ । जाम्बिया, मादगास्कर, नामिबिया, लेसोथो र इस्वातिनीजस्ता अफ्रिकी देशहरू यस प्रकारको संकटको सामना गरिरहेका छन् ।

प्रतिकृया