टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने, अविनाश र सुसनको ओडिआईमा डेब्यू
प्रकाशित मिति
२०७६ माघ २२ गते, बुधबार १०:१३
घरेलु मैदानमा पहिलो अन्तर्रा्ष्ट्रिय एकदिवसीय खेल्न लागेको नेपालले पहिलो खेलमा ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेको हो। आजको खेलमा नेपालका दुई युवा क्रिकेटर अविनाश बोहोरा र सुसन भारीले एक दिवसीय क्रिकेटमा डेब्यु गरेका छन्।

पछिल्लो पटक नेपाल र ओमानबीच सन् २०१८ अगस्ट १८ मा एसिया कप छनोटमा प्रतिस्पर्धा भएको थियो। मलेसियामा भएको प्रतिस्पर्धामा नेपाल ७ विकेटले पराजित भएको थियो। त्यसअघि सन् २०१८ मै डिभिजन २ को प्रतिस्पर्धा पनि नेपालमाथि ओमानले ६ विकेटको जित हात पारेको थियो। २०१५ भएको प्रतिस्पर्धामा पनि नेपालले ३ विकेटले खेल गुमाएको थियो। २०१४ मा एसिसी प्रिमियर लिगमा नेपालमाथि ओमानले झिनो अन्तरले जित हात पर्ने क्रममा २ विकेटले विजयी भएको थियो। यो नै नेपालले एकदिवसीय खेलमा ओमनसँग पहिलो पटक बेहोरेको हार हो।
लिग(२ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरूप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २(२ पटक प्रतिस्पर्धा गर्दैछन्। जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्। लिगको डेब्यू खेल घरेलु मैदानमा खेल्ने भए पनि नेपालका लागि सहज भने छैन। किनकी ओमान र अमेरिका दुवै पछिल्लो समय लयमा देखिएका टिम हुन्। अमेरिका त लिग(२ को शीर्ष स्थानमा नै छ। पछिल्लो समय ओमान क्रिकेटले प्रगति गरिरहेको छ। अझ नेपालले ओमानलाई विगत ७ वर्षदेखि हराउन सकेको छैन। नेपालले सन् २०१३ पछि ओमानविरुद्ध खेलेका चारै खेलमा हार बेहोरेको छ। त्यसअघिका तीन खेलमा भने नेपाल विजयी भएको थियो।

त्यसअघि नेपालले ओमानमाथि २०१३ को डिभिजन थ्रीमा २८ रन, २०१० को एसिसी ट्रफीमा ६ विकेट र २००२ को एसिसी ट्रीमा १०५ रनको जित हात पारेको थियो। लिग(२ को सिजिज प्रतियोगिता भनेको सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका पनि हो। जसमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्। टोलीका शीर्ष ३ टोली सोझैं विश्वकप छनोट चरणमा पुग्नेछन्। समुहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ। नेपालको भने सिरिजमा यो पहिलो खेल हो।



प्रतिकृया