• २० भदौ २०८३, शनिबार
  • ५ः४६ बिहान

नेपाली काँग्रेस भक्तपुरको १ नं क्षेत्रीय कार्य समितिको बैठक सम्पन्न,भक्तपुरको खरिपाटीमा अनुसन्धान स्थल नबनाउन सरकारलाई चेतावनी

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०९:४३

भक्तपुर, नेपाली काँग्रेस भक्तपुर जिल्ला क्षेत्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । बैठकमा विश्वब्यापी रुपमा महामारीको रुपमा देखा परेको कोरोना भाइरसबाट २० औ हजार भन्दा बढि प्रभाभित भइसकेको अवस्थामा चीनबाट फर्किएका नेपालीहरुलाई सरकारले खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा अनुसन्धान तथा परिक्षणको लागि राख्न लागेकोमा नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नं १ भक्तपुरले आपत्ति जनाएको छ ।

National Life

आवश्यक तयारी बिना घना बस्तीका माझमा, खानेपानीका मुहान खोलानाला छेउ यस्तो घातक अनि सरुवा रोगको अनुसन्धानस्थल नबनाउन क्षेत्रीय कार्य समितिले सरकारलाई चेतावनी दिएको छ । बैठकले सरकारी पक्षबाट जिम्मेवारी सहित जनहितका लागि खरीपाटीको सुरक्षित विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ । क्षेत्रीय कार्यसमति बैठकले विश्वब्यापी महामारीको रुपमा फैलिएको नेवेल कोरोना भाइरसको संक्रमणबाट बच्न सम्पूर्ण नेपालीलाई सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।

आठ वर्ष अघि निर्माण कार्य शुरु गरिएको नगरकोट सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न पनि बैठकले सरोकारवाला निकायलाई आग्रह गरेको छ । कछुवाको गतिमा अघि बढेको सडक निर्माण कार्य थपिएको म्याद भित्र पनि कार्य सम्पन्न हुनेमा आशंका पैदा भएको कुरा सभापति खत्रीले बताउनुभयो । यो सडकखण्डको म्याद २०७६ चैत्र ७ गते सकिदैछ । निर्माण कम्पनीले द्रुत गतिमा सडक निर्माण कार्य अघि नबढाएमा यही फागुन १ गतेबाट आन्दोलन गर्ने चेतावनी नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति भक्तपुरले दिएको छ ।

Classic Tech Desktop

बैठकले भक्तपुर १ ‘क’ का माननीय सांसद कृष्णलाल भँडेल नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको उपनेतामा मनोनित हुनु भएकोमा बधाई ज्ञापन गरेको छ ।

जीवन खत्रीको सभापतित्वमा संचालित बैठकमा प्रदेश सभा १ ‘क’ का सभासद एवं नेपाली काँग्रेस बाग्मति प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भँडेल, प्रदेश सभा सांसद रजनी जोन्छे, कानुन आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी लगायत महिला संघ, तरुण दलका साथसाथै कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया