• १९ भदौ २०८३, शुक्रबार
  • ९ः१५ राती

चीनबाट ल्याइएका विद्यार्थीलाई भक्तपुर राखिने

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०९:१७

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट जोगाउन सरकारले चीनबाट उद्धार गरेर ल्याउने नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने तयारी सरकारले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवसहित बसेको बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने पनि निर्णय गरेको छ । स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिनेछ ।

Kamana Sewa

सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ । स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।

Classic Tech Desktop

क्वारेन्टाइनका रूपमा राखिने नेपालीको उपचार, खानालगायतका जिम्मेवारी सरोकारवाला निकायले गर्नेछन् । क्वारेन्टाइनमा चिकित्सकसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिनेछन् ।

चीनमा रहेको नेपाली राजदुतावासले चीनमा रहेका विद्यार्थी फर्काउनको लागि तयारी पूरा भएको जनाएको छ । बुधबारसम्म नेपाल ल्याउने भनिए पनि बल्ल राख्‍ने ठाउँको टुंगो लागेकाले उनीहरुलाई नेपाल ल्याउन अझै १र२ दिन लाग्‍ने बुझिइएको छ ।

प्रतिकृया