• २४ भदौ २०८३, बुधबार
  • ३ः२० दिउँसो

डुप्लिसिस भन्छन इंग्ल्याण्डबिरूद्धको चौथो टेष्ट घरेलु भूमीमा अन्तिम हुने

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०७:००

इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्टमा लज्जास्पद हार ब्यहोरेको दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लिससले जोहानेसर्गमा हुने चौथो टेष्ट घरेलु भूमीमा अन्तिम टेष्ट हुने बताएका छन ।

National Life

इंग्ल्याण्डसँगको हारपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै डुप्लिससले जोहानेसबर्गको टेष्टलाई घरेलु भुमीमा खेल्ने अन्तिम टेष्ट बनाउने सोच बनाएको बताए । तर उनले यसका बारेमा पुर्ण निर्णयभने पछि दिने भन्दै दुविधामा राखे ।
जुलाईमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिज विरुद्ध दुई टेष्ट सिरीज खेल्दैछ, त्यसपछि उसको क्यालेन्डरमा टेष्ट क्रिकेट छैन, त्यसैले पनि उनले इंग्ल्याण्ड विरुद्धको चौथो टेष्ट घरेलु भूमीमा अन्तिम हुने बताएका हुन ।

हाल दक्षिण अफ्रिका टिम कमजोर फर्म चलिरहेकाले अचानक टिम छोड्नु उचित हनु नसक्ने भन्दै उनले आफ्नो भनाईको बचाउपनि गरे । तर उनले आफु निकै ठुलो दबावमा रहेको बताउँदै यो बर्ष धेरै टेष्ट नभएको र आफ्नो कप्तानी पद छोड्नु अचित समय आएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया