• २५ भदौ २०८३, बिहीबार
  • ८ः०४ राती

आजको मौसम : बिहानैदेखि बादल र हुस्सु

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार १०:०८

काठमाडौँ, आज विहान लागेको हुस्सु र कुहिरो तथा बादल दिउँसो भने हट्ने मौसम विदले जनाएका छन् । स्थानीय वायुका कारण काठमाडौँ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा बदली र कुहिरो लागेको छ । यस्तै तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो लागेको छ । यस्तै राति भने देशभरको मौसम सफा हुने जनाइएको छ ।

National Life

काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएकोमा दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्ने सम्भावना छ । मंगलबार दिनभर देशको पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिकृया