• २५ भदौ २०८३, बिहीबार
  • १०ः३४ राती

उपराष्ट्रपति पुन कतारको राष्ट्रिय दिवस समारोहमा सहभागी

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार १०:३३

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेइलले सोमबारसाँझ आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।

National Life

समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रधानमन्त्री, सांसद, संवैधानिक नियोगका प्रमुख, पूर्वमन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपालको विकास साझेदार संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका कतारका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रतिकृया