• ३० भदौ २०८३, मंगलबार
  • ७ः२५ बिहान

युवा उद्यमीहरुले लगानीका लागि अवसर कुरेर बस्ने होइन, आफैले अवसर सिर्जना गर्ने हो : विनोद चौधरी

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार ०३:२४

पोखरा, सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले अहिलेका युवा उद्यमीहरुले लगानीका लागि अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ ।शनिबार पोखरामा नेपाली युवा उद्यमी मञ्च एनवाइइएफले आयोजना गरेको ‘बिलियन डलर स्टोरी’ कार्यक्रममा उहाँले भन्नुभयो ‘अहिलेका युवा उद्यमीहरुले लगानीका लागि अवसर कुरेर बस्ने होइन, आफैले अवसर सिर्जना गर्ने हो ।’

National Life

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको बताउँदै उहाँले पर्यटन क्षेत्रका लागि विमानस्थलले धेरै अवसर बोकेर आउने बताउँदै भन्नुभयो, ‘बिमानस्थल आएपछि लगानी गरौंला भनेर सोच्ने होइन, त्यतिबेलाको सम्भावना बुझेर अहिले नै लगानी गर्ने हो ।’ अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको ‘कनेक्टिभिटी’ संसारभर बढाउने बताउँदै उहाँले यहाँ आउने पर्यटकलाई स्तरीय सेवा दिनुपर्ने धारणा समेत राख्नुभयो । पोखरा संसारकै सुन्दर सहर मध्येमा पर्ने भएकाले पर्यटन व्यवसायीले यहाँको पर्यटनको सम्भावनालाई बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चौधरीले अहिलेका युवाहरुले परम्परागत शैली भन्दा माथि उठेर व्यवसाय गर्नुपर्ने सुझाव दिनुभयो । राजनीतिलाई उद्यम र व्यवसायमैत्री बनाउन उद्यमीहरु नै राजनीतिमा आउनुपर्नेमा जोड दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया