भक्तपुरमा भि टेनको कन्सर्ट आज
प्रकाशित मिति
२०७६ मंसिर २० गते, शुक्रबार १२:४४
भक्तपुरमा भि टेनको कन्सर्ट आज हुदै
भक्तपुर, भक्तपुरमा शुक्रबार समिर तामाङ (भि टेन)को कन्सर्ट हुने भएको छ । ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा भईरहेको भक्तपुर मेला महोत्सव–२०७६ मा शुक्रबार र्यापर भि टेनको कन्सर्ट हुने भएको हो ।
उक्त मेलामा शुक्रबार भि टेन सँगै गायक सरोज लामिछाने, सञ्जीब वाइवा, अमिर दोङ, सुस्मा मोक्तान, इसेन्स ब्याड, हस्य कलाकार गोकुल तामाङ, बेली डान्सर बिनु सक्य लगाएतका कलाकारहरुले प्रस्तुती हुने आयोजक समितिले जनाएको छ ।
११ दिनसम्म चल्ने मेलामा प्रत्येक दिन विभिन्न कलाकारहरुको प्रस्तुती राखिदै आएको छ । विभिन्न चर्चित गायक एवं नृत्यका साथ उनले आफ्नो प्रस्तुती राख्ने छन् ।






प्रतिकृया