• २१ जेठ २०८३, बिहीबार
  • ३:३८ बेलुका

सिर्जनाका छोरा प्रसिद्धसँगको फेटो राख्दै खानेपानीमन्त्री मगरले लेखिन…..

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ०५:११

काठमाडौ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठो नाति प्रसिद्ध दाहाललाई जन्मदिनको अवसरमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले दुई छोराको फोटो राखेर जन्मदिनको शुभकामना दिनुभएको छ । उहाँले प्रसिद्धलाई फेसबुक मार्फत आफ्नो छोरा प्रणव र सिर्जनाका छोरा प्रसिद्धलाई काखमा राखेको फोटो पोष्ट गर्दे लेख्नुभएको छ, ‘ह्याप्पी बर्थडे छोरा प्रसिद्ध ।’

प्रसिद्ध प्रचण्ड पुत्र स्व. प्रकाश दाहाल र सिर्जना त्रिपाठीपट्टिका छोरा हुनुहुन्छ, प्रसिद्ध हजुरबुवा–हजुरआमासँग खुमलटारमा नै बस्दै आउनुभएको छ । प्रकाशले बिनासँग विवाह गरेयता सिर्जना भने पोखरास्थित माइतीमा नै बस्दै आउनु भएको छ ।

Kamana Sewa

प्रतिकृया