• ३ साउन २०८३, आइतबार
  • ५:३८ बेलुका

दुईतिहाईको सरकारले गर्न नसकेको बिकास अब कांग्रेसले गर्छ : उम्मेदवार भँडेल

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार १२:०२

देशका बिभिन्न क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन
हुदैछ । त्यसमध्य भक्तपुर प्रदेशसभा १.क (चाँगु क्षेत्रमा) पनि उपनिर्वाचन हुँदैछ र यतिबेला उपनिर्वाचनको माहोल छाएको छ । यहाँ बिभिन्न दल र स्वतन्त्र उम्मेदवार जनमत माग्न सकृय भएका छन ।उम्मेदवारहरुले प्रचार प्रसार लगायत घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् । तिनै उम्मेदवारहरु मध्ये एक हुन्, नेपाली कांग्रेस पार्टीका उम्मेदवार कृष्णलाल भँडेल।उहाँ यति बेला मातृशोकमा हुनुहुन्छ ,तर पनि हामीले भँडेल मातृशोकमा पर्नु अघिल्लो दिन संवाद गरेका थियौं ।उम्मेदवार भँडेलसँग निर्वाचनको लागि पार्टी ,उहाँको तैयारी, निर्वाचनमा जित्ने आधार ,लगायत समसामयिक बिषयमा मातृभुमि न्युज डट कमका लागि बन्दना खड्काले गरेको कुराकानीको सार :

निवार्चनको तैयारी कसरी गदै हुनुहुन्छ ?

Kamana Sewa

घरदैलो कार्यक्रमबाट निर्वाचनको तैयारी हुँदै छ ।

Classic Tech Desktop

नेकपाले जितेको स्थानमा के अब कांग्रेसले जित्ला ?

सम्पुर्ण नेपालीहरुलाई थाहा भएकै कुरा हो , हाल हाम्रो देशमा हत्या,हिंसा,बलात्कार,भ्रष्टचार ,महंगी यावत कुरा देखी जनताहरु बर्तमान सरकारसंग वाक्क दिक्क भैसकेका छन् । त्यस्ता कुराहरुको अन्त्य गरी देश परिर्वतन गर्न आम मतदाताले नेपाली काग्रेस मलाई मत दिएर बिजयी गराउनुहुन्छ ।हाम्रो जित निश्चित छ ।

आफुलाई बिजयी बनाउन पार्टी र आकांक्षी बिच कस्तो समन्वयन गर्नु भएको छ ?

पार्टीका साथीहरु सबै एकताबद्ध ढंगले अगाडी बढिरहनु भएको छ । कोही कतै बिचलित हुनुहुन्न ।प्रचार प्रसारमा हामी सबै कटिबद्ध भएर लागी परेका छौं । पार्टीका साथिहरु मात्रै नभई आम जनतासंग पनि मेरो समन्वय राम्रो छ ।

मतदाताले तपाईलाई के आधारमा मत दिने ?

मैले जुन दिन देखि राजनिति गरे सोही दिनदेखि यही क्षेत्रमा रगत पसिना बगाए । सबैको दुख सुखमा साथ दिएको छु ,मलाई पनि दिनु भएको छ । यसकारण आम मतदाताले मलाई मत दिनुहुन्छ । म बिजयी अवश्य हुन्छु ,यसमा दुईमत नै छैन ।

तपाईं उठ्नु भएको क्षेत्रमा नेकपाको पकड बलियो छ भन्छन् नि ?

त्यो परिर्वतन भो ।उहाँहरुले झुक्क्याउनु भो, बर्तमान पार्टीका अध्यक्षले घर घरमा आएर मतदाताहरुलाई पैसा बाढ्नु भयो, रेल चलाउँछु ,पानी जहाज, घरघरमा ग्यासको पाइपको ब्यवस्था गर्नेछु भन्ने जस्ता यावत कुराहरुले जनतालाई झुक्काए । मतदाताहरु सचेत भैसकेका छन् । यस्ता फजुल कुराको पछाडि जनता अब लाग्ने छैनन् ।

तपाईले चुनाव जित्ने आधार के ?

जुन समयदेखि राजनीतिक क्षेत्रमा लागे त्यस बेलादेखिनै मैले बिकास निमार्ण ,धार्मिक क्षेत्र ,सामाजिक कार्य लगायत अन्य कार्यहरुमा यस क्षेत्रका बासिन्दाहरुलाई साथ सहयोग गर्दै आएको छु । जनताको हरेक दुख सुखमा साथ दिंदै आएको छु, भोलिका दिनमा पनि दिनेछु ।यहि कारणले गर्दा पनि म चुनाव निर्धक्कासाथ जित्ने छु ।

घर दैलो कार्यक्रम कस्तो हुदै छ ?

घर दैलो कार्यक्रम एकदमै उत्साहजनक भएको छ ।

जनताहरु भोट हालेर दिक्क भई सकेका छन् ,जुन जोगी आएपनि कानै चिरेका भन्ने उखान जस्तो त हुने हैन ?

बर्तमान सरकारले झुटा आस्वासन देखाएको छ । रेल चलाउँछु ,पानी जहाज ल्याउछु , घरघरमा ग्यास पाइपको ब्यवस्था गर्नेछु भन्ने जस्ता हावादारी कुराहरुले गर्दा आम मतदाताहरु वाक्क दिक्क भएको कुरा यस्मा दुईमत छैन । वर्तमान सरकारले गरेको महंगी हत्या,हिंसा,बलात्कार,भष्टचार बिरुद्धमा ,मुल्य बृद्धि र कर बृद्धिको पक्षमा,मत दिने भए कम्युनिष्टलाइर्, हैन त्यसको प्रतिकार गर्ने हो भने नेपाली कांग्रेसलाई भन्ने कुराको चर्चा परिचर्चा ब्यापक रुपमा भैरहेको छ । अहिलेको बर्तमान अवस्थामा कांग्रेस पुरानो पार्टी ,अप्ठ्यारो परिस्थितिमा निकास कांग्रेसले दिन्छ । त्यस कारणले काग्रेसलाई मत दिएर यो क्षेत्रमा बिजयी गराउनु हुन्छ भन्ने कुरामा म ढुक्क छु ।

तपाईले प्रदेश सभा सदस्य जित्नु भयो भने ,तपाईको भाबि योजना के रहेको छ ?

नगरकोटको सडकलाई एक बर्ष भित्र कालो पत्रे गरेर नगरकोटको मुहार फेर्ने। दुई तिहाईको सरकारले आजसम्म प्रदेशको राजधानी स्थायी रुपमा तोक्न र नामाकरण गर्न सकेको छैन, म प्रदेश सभामा बिजयी भएर जादा प्रदेशको नाम चाँगुनारायण प्रदेश र राजधानी भक्तपुर बनाउन बुलन्द आवाज उठाउनेछु ।

अन्तमा ,मतदाताहरुमा तपाईको अपिल के छ ?
सबै मतदाताहरुमा मेरो आग्रह छ ,नेपाली कांग्रेसको रुख चिन्हँमा मतदान गरेर मलाई बिजयी गराई दिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

प्रतिकृया