• २६ भदौ २०८३, शुक्रबार
  • ८ः१८ राती

कानुनलाई हातमा लिएर हैन, साथमा लिएर पार्टी तथा सरकारको रक्षाको निम्ती युवा संघ अघि बढ्नुपर्छ: सांसद बस्नेत

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ११:२९

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले युवा संघ आश लाग्दो, भर लाग्दो र भ्रष्टाचारी, विभिन्न प्रकारका अपराधीको लागि डरलाग्दो हुनुपर्ने बताएका छन ।
राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद बस्नेतले युवा संघका नेता तथा कार्यकर्ताले भ्रष्टाचारीलाई खोजी–खोजी अख्तियारमा बुझाउने अभियान देशभर सञ्चालन गरी राज्य तथा जनताको महत्वपूर्ण जिम्मेवारी भएको संगठनको रुपमा स्थापीत गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन ।

National Life

लोकतान्त्रीक मुलुक नेपालमा संविधान तथा कानुन भन्दा माथि कोही नरहेको उल्लेख गर्दै उनले कानुन तथा प्रहरी प्रशासनलाई साथमा लिई देशमा भएका भ्रष्टाचार, अनियमितता, हिंसा, विभिन्न प्रकारका अपराधलाई न्युनिकरण गर्न विशेष भूमिका युवा संघले गाउँ गाउँ वस्ती वस्तीमा अभियान चलाउनु अहिलेको अनिवार्य आवश्यकता भएको बताएका छन । उनले भने, ‘कानुनलाई हातमा लिएर हैन, कानुनलाई साथमा लिएर पार्टी तथा सरकारको रक्षाको निम्ती युवा संघले सकारात्मक प्रतिकारात्मक रुपमा अघि बढ्नुपर्छ । बगेको नदीलाई बाँध लगाई सहि बाटोमा लगे जस्तै देशका सवै युवालाई बाँध लगाई अघि बढ्न युवा संघले विशेष भूमिका खेल्नु पर्छ ।’

पद नपाउन्जे आक्रोस बढ्ने र पद पाएपछि लोभ बढ्ने केही नेता तथा कार्यकर्तामा देखिने गरेको बताउँदै उनले संगठनको लागि पार्टीले दिएको निर्देशनको आधारमा महाधिवेशनले गरेको निर्णय सवैले मान्नुपर्ने र काम गर्दै मातहतको पार्टी कमिटीसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

क्रान्तिको नेतृत्व कम्युनिष्ट पार्टीले गर्ने र सहायक शक्तिको रुपमा युवा रहेको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले यवामा अध्यशिलता, क्रियाशिलता, लगनशिलता हुनु अपरिहार्य रहेको औल्याए । संगठनमा ठाडो र तेर्सो नीतिलाई अवलम्बन गर्नु अनिवार्य रहेको बताउँदै उनले जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने नै युवा रहेको स्पष्ट पारे ।

संगठनमा उमेर हदलाई कडाईको साथ लागु गर्नुपर्नेमा जोड दिँदै उनले युवा संघमा अराजक गतिविधि गर्नेलाई कसैको अनुहार नहेरी कारवाही गर्नुपर्नेमा जोड दिए । युवा उत्पादनमा लाग्दै राज्यलाई कर तिर्ने र देशको अर्थतन्त्रलाई फेर्ने बाटोमा युवा संघका भावि योजनाहरु हुनुपर्नेमा जोड दिँदै उनले सूचना प्रविधिको सहि रुपले प्रयोग गरी समाजको रुपान्तरण गर्दै समाजवादमा पुग्ने आधार तयार पार्नुपर्ने उल्लेख गरे ।

संघका नेता तथा कार्यकर्तामा काम, व्यवहार र आचरणबाट नै नेतृत्वको छनौट हुने उल्लेख गर्दै उहाँले संघमा तथा संघका नेता कार्यकर्तामा रहेको चुनौतिलाई अवसरको रुपमा परिणत गर्नुपर्ने बताउनुभयो । सत्रुको अनुहार हेर्नुपर्यो भने दाजुभाईको अनुहार हेर्नु भन्ने भनाइ रहेको उल्लेख गर्दै उनले भने, ‘संगठनका नेता तथा कार्यकर्ताले आन्तरिक क्षमताको विकास गर्नुस्, नेतृत्व सम्हाल्दै जानुस् । दाजुभाईको अंशबण्डामा भएको झगडा निक्कै ठूलो जस्तो हुन्छ तर अंशबण्डा मिलेपछि सवैभन्दा नजिकको एकता हुन्छ, हार्दिकता हुन्छ । त्यसैले युवा संघ र वाइसिएलको एकता पनि त्यस्तै हो ।’

प्रतिकृया