• १ असोज २०८३, बिहीबार
  • ७ः४७ बेलुका

सरकारले निजी बिद्यालयलाई अनावश्यक रुपमा अङकुस लगाउनु हुन्न : प्रिन्सीपल बस्नेत

प्रकाशित मिति

२०७६ कार्तिक १९ गते, मंगलवार ०५:३०

आजको परिवेशमा शिक्षाको महत्व धेरै छ । शिक्षा क्षेत्रको स्तर उकास्न धेरै नीजि बिद्यालयहरु संचालमा आएका छन् । तर सरकारले उपयुक्त शिक्षा नीति र ऐन नबनाउनाले बिभिन्न समस्याहरु भोग्दै नीजि बिद्यालयहरु निरुत्साहित हुँदै आएका छन् । आफ्नै स्रोत र साधनले चल्ने भए पनि उपयुक्त वातावरणको अभावमा बिभिन्न समस्याको चपेटामा नीजि बिद्यालय परेका छन्। यसै सन्र्दभमा भक्तपुरको लोकन्थली स्थित युनिक नेपाल एकेडेमीका प्रिन्सिपल तथा मध्यपुरथिमि नगर समिति प्यावसन कार्य समितिको कोषाध्यक्ष सुमन बस्नेतसंग नीजि बिद्यालयले प्राप्त गरेको सफलता, शिक्षाको गुणस्तर , नीजि बिद्यालयको चुनौति र अवसर बिषयमा मातूभुमि न्युज डट कमका लागि बन्दना खड्काले लिनु भएको अन्तर्वार्ता ः

National Life

युनिक नेपाल बिद्यालय कति सालमा स्थापना भएको हो ?

२०६३ सालमा स्थापना भएको हो ।
स्थापना कालदेखि हालसम्म बिद्यालय कसरी संचालन भएको छ ?

Classic Tech Mobile
Classic Tech Desktop

यो बिद्यालय आफ्नै स्रोत र साधनले चल्ने भएकाले बिभिन्न समस्या बावजुद हामीले बिद्यालय संचालन गर्दै आजको यो समयसम्म पुर्याएका छौ ।

नीजि बिद्यालय र सामुदायिक बिद्यालयमा के फरक छ ?

नीजि बिद्यालय आफ्नै स्रोत साधनले संचालन हुन्छ भने सामुदायिक बिद्यालय सरकारको लगानीमा संचालन हुन्छ । नीजि बिद्यालयमा लगानी धेरै हुने भएकाले संचालन गर्न गाह«ो छ ।

नीजि बिद्यालयले चर्को शुल्क असुल्छन् भन्ने आरोप छ नि ?

यो एक किसिमको आरोप नै हो भन्ने मलाई लाग्छ । हामीले बिद्यार्थी भाई बहिनीहरुसंग महङ्गो शुल्क लिएको छैन् । नेपालको परिवेसमा दुई किसिमका बिद्यालय छन् ।थोरै फिस लिएर संचालन गर्ने बिद्यालय र धेरै फिस लिएर संचालन गर्ने बिद्यालय, जुन बिद्यालयले जस्तो शिक्षा दिएको छ त्यस अनुसारको फिस त लिनै पर्छ ।

सरकारले निजी बिद्यालयहरुलाई अंकुस लगाएको भन्दै निजी बिद्यालय संगठनहरुले आन्दोलन गर्ने भनेका थिए नि ! यो बिषयमा के भैरहेको छ ?

सरकारले निजी बिद्यालयलाई अंकुस लगाकै हो । निजी बिद्यालएको ऐन नियम सरकारले अझै बनाउन सकेको छैन । शिक्षा ऐन राम्रो र दुरदर्सी होस, निजी बिद्यालयको भबिस्य सुनिस्चित होस भन्ने हामीलाई लाग्छ । पक्कै पनि सरकार यो बिषयमा गम्भिर भएर लागेको छ भन्ने हाम्रो सोच हो । यो समय सम्म आई पुग्दा बिशेष गरी भर्ना हुने समयमा र अन्य समयमा बिभिन्न कुराहरु ल्याएर सरकारले अंकुस लगाएकै हो ।

सरकारसंग निजी बिद्यालयको माग के के हुन् ?

निजी बिद्यालयको भबिष्य सुनिशिचत हुनु पर्यो । निजी बिद्यालयलाई पनि सरकारले सरकारी बिद्यालयकै तुलनामा हेर्नु पर्यो भन्ने हाम्रो मुख्य माग हो । हामीहरुलाई जुन ब्यापारीको हिसाबले हेरिन्छ ,हामी ब्यापारी हैनौ । हामीले पनि राम्रा बिद्यार्थी जन्माएका छौं । सबै भन्दा प्रथम माग भनेकै सरकारले हामीलाई हेर्र्ने दृष्टिकोण नै फरक हुनुपर्छ भन्ने हो ।

निजी बिद्यालयले शिक्षकहरुलाई कम तलब दिएर बौद्धिक शोषण गर्ने आरोप छ नि?

हामीले त्यस्तो सोचाई राख्र्नु हुदैन । बिद्यालयले बिद्यालयमा भएका बिद्यार्थीसंग उठाएको शुल्कबाट बिद्यालयले दिन सक्ने सेवा सबै बिदालयले प्रदान गदै आईरहेका छन् । सरासर बौद्धिक शोषण नै भयो भन्न अलि मिल्दैन की जस्तो मलाई लाग्छ ।

अब निजी बिद्यालयहरु सामाजिक सुरक्षा कोषमा दर्ता हुन तयार भएका हुन् त ?
प्याबसनले दर्ता हुनको लागि आब्हान गरेको हो । मेरो ब्यक्तिगत बिचारमा भन्नु पर्दा शिक्षा ऐन नै आएको छैन । पछि शिक्षा ऐनमा सामाजिक सुरक्षा कोषका बारेमा बिभिन्न किसिमका बुदागत कुराहरु आउन सक्छन् । शिक्षा ऐन नै नआई अहिले नै सामाजिक सुरक्षा कोषमा दर्ता हुनु बेठिक हो जस्तो मलाई लाग्छ । निजी बिद्यालयले आर्थिक कुरा सेसनको सुरुमा गरेको हुन्छ ।अहिले सेसनको बिचमा आएर सामाजिक सुरक्षामा गैहाल यो सुविधा दिई हाल भन्न गाह्रो पक्कै भएको हो ।

निजी बिद्यालयका समस्याहरु के के छन् ?

देशको अवस्था हेर्दा र बौद्धिक बर्गहरु सबै बिदेस जाने भएकाले राम्रो शिक्षक पाउन गाह्रो छ । समस समयमा सरकारबाट आउने कुराले धेरै समस्या पारेको छ । बिद्यार्थीिहरुलाई अहिलेको समयमा दिनु पर्ने शिक्षा नयाँ तरिकाले दिन खोज्दा करिकुलम बेसमा ँिददा सरकारलेन ब्यवहारीक शिक्षाको करिकुलम बनाएर दिए राम्रो हुन्थ्र्यो ।

समयमा फिस नआउदा स्कुलले बच्चाहरुलाई सजाए दिन्छन् भन्ने पनि आरोप छ नि ?
यो सरासर गलत कुरा हो । निजी बिद्यालयका प्रिन्सिपल, संचालकहरुले बिद्यार्थीलाई टचर दिने काम कहिले गर्नु हुन्न् । प्याबसन कार्य समितिमा भएको कारणले गर्दा पनि हामीले प्रत्येक बिद्यालयलाई फिसको कारणले बच्चाहरुलाई टर्चर नदिनु भनेका छौ । बिल पठाउदा पनि खामबन्द्री गरेर पठाउने गर्छौ । हामी सिधै अभिभावकसंग कुरा गर्छौ, बालबालिकालाई टर्चर हामी ंिददैनौ ।

चोकै पिच्छे निजी बिद्यालय संचालन भएका छन् के यो आवश्यकता भन्दा धेरै भएका हैन?

अहिलेको समयमा आउदा हामीलाई त्यो महशुस भएको छ । सरकारले पनि लाइसेन्स दिदा सोच बिचार गरेर दिनु पथ्र्यो । कतिको दुरीमा बिद्यालय आवश्यक छ भन्ने कुरा ध्यान दिनु पथ्र्यो । नयाँ निजी बिद्यालय संचालन गर्नेहरुलाई पनि म यो आग्रह गर्न चाहान्छु । सोच बिचार गरेर फाईदा के वेफाईदा के हेरेर निजी बिद्यालय संचालन गर्न के कस्तो स्रोत र साधनको आवश्यकता पर्छ सबै जानकारी लिएर संचालन गर्न म अनुरोध गर्दछु ।

अरु बिद्यालय र तपाईको बिद्यालय के कुरामा फरक छ ?

निजी बिद्यालय बिशेष रुपमै फरक हुन्छ । अरु बिद्यालयको तुलनामा हामीले फिसमा पनि सहुलियत दिएका छौ । अहिलेको समयमा हामीले प्रयोगात्मक शिक्षालाई धेरै जोड दिएका छौ । व्याहारीक शिक्षालाई पनि जोड दिएका छौ । इसिए ,सिसिए,जस्ता बिभिन्न किसिमका कार्यक्रमहरुमा बिद्यार्थी भाई बहिनीहरुलाई लगेर अरु बिद्यालय भन्दा पृथक र उदाहरणीय बिद्यालय युनिक एकेडेमीलाई बनाउने प्रयासमा हामी छौं । नजानेका कुराहरु इन्टरनेट पत्रपत्रिकाबाट खोजेर साथीभाईसंग आईडिया र सेयर गदै आईरहेका छौं ।

मध्यपुरथिमि नगर समिति प्यावसन कार्य समितिको कोषाध्यक्ष हुनुहुन्छ , प्यावसनले शिक्षाको नेतृत्व कसरी गरेको छ ?
देश संघियतामा गैसकेपछि सेन्टर प्यावसनले संघिय संरचना अनुसार नगरपालिका कार्य समिति, गाँउ पालिका कार्य समिति, प्रादेसिक कार्य समिति जस्ता बिभिन्न कार्य समिति निमार्ण गर्ने काम भयो । सुरुमा अप्ठ्यारो भएको थियो तर हाल नगर समितिबाट काम गर्दा हामीलाई निकै सहज भएको छ ।हाम्रो कार्य समिति अन्र्तगत ३५ वटा निजी बिद्यालय रहेका छन् । यी बिद्यालयमा हामीले शिक्षक ट्रेनिङ ,बिद्यार्थीहरुलाई बिभिन्न किसिमको खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आएका छौ ,हामीले यस कार्यलाई निरन्तरता दिएका छौ ।

निजी बिद्यालयहरुले शिक्षा क्षेत्रमा निकै योगदान गरेको दाबी गर्छन नी ?
पक्कै पनि हामीलाई निकै गर्भ महशुस हुन्छ । दाबी भन्दा नि सत्य कुरा हो । रिजल्टकै कुरा गर्दा यो देशलाई निजी बिद्यालयकै रिजल्टले धानेको छ जस्तो लाग्छ । जति पनि बिद्यार्थी भाई बहिनीहरु छन् तिनीहरुको शिक्षा उच्च नै रहेको छ । समग्रमै भन्नु पर्दा शिक्षाको क्षेत्रमा राम्रो योगदान नै गरेको छ ।

अन्तमा सन्देश के ही छ कि?
अब निजी बिद्यालयलाई हेर्ने दुष्टिकोण बदल्नु आवश्यक छ । निजी बिद्यालयले धेरै फिस लियो भन्ने कुरा भन्दा पनि निजि बिद्यालयले थोरै पैसाबाट कस्ता रचनात्मक काम गरेका छन् त्यो पनि अनुमान र मुल्यांकन गर्नु पर्छ ।

 

प्रतिकृया