• २२ भदौ २०८३, सोमबार
  • १२ः५७ राती

तेस्रो पटक डायलासिस गराउन प्रधानमन्त्री ओली अस्पतालमा

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार १२:४७

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री ओली तेस्रो पटक डायलासिस गर्न अस्पताल पुग्नुभएको हो । ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार सातामा तीन चोटी डायलासिस गर्नु पर्ने भएकाले उहाँ अस्पताल पुग्नु भएको हो ।

National Life

आज फेरी अस्पताल जानुपर्ने भएपछि विहान बोलाएको सचिवालयको बैठक पनि स्थिगित भएको छ । बिहान ११ बजेलाई डाकिएको बैठक अपरान्ह बस्ने गरि सारिएको छ । प्रधानमन्त्रीले नियमित डायलोसिस गर्नुपर्ने देखिएपछि बालुवाटार भित्रै उक्त सुविधासहितको मेडिकल रुम बनाउने विषयमा छलफल जारी नै छ ।प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।

प्रतिकृया