• २२ भदौ २०८३, सोमबार
  • २ः३२ दिउँसो

एएफसी फुटसल च्याम्पियनसिपः आज नेपाल र ताजिकिस्तान खेल्दै

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार ०९:४४

काठमाडौंः २०२० मा तुर्केमिनिस्तानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले बुधबार (आज) ताजिकिस्तानसँग खेल्दैछ ।

National Life

सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल ताजिकिस्तानसँग खेल्ने भएको हो । खेल इरानको उर्मियामा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग ८ गते खेल्नेछ ।

फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया