• १९ असोज २०८३, सोमबार
  • ९ः५४ बिहान

आज कहाँ–कहाँ हुँदैछ वर्षा ? यस्तो छ मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८३ आश्विन १९ गते, सोमबार ०९:१६

१९ असोज २०८३ काठमाडौं — देशका विभिन्न भू–भागमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव छ ।

National Life

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बदली छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दिउँसोको मौसम

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमको हिमाली भू–भाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

रातिको मौसम

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा साधारणतया बदली रहनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागमा पनि साधारणतया बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ ।

मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया