• १४ असोज २०८३, बुधबार
  • ९ः२९ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ आश्विन १४ गते, बुधबार ०९:१७

१४ असोज २०८३ काठमाडौं — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

National Life

हाल देशका हिमाली भू-भागमा आंशिक बदली तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया