• १२ असोज २०८३, सोमबार
  • ९ः२८ बिहान

आज कहाँ–कहाँ वर्षा र हिमपातको सम्भावना ?

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ०९:११

१२ असोज २०८३ काठमाडौं — नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भूभागमा आंशिक बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

हाल हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी र तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

सोमबार राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार पनि देशभर आंशिक बदली रहने पूर्वानुमान छ। हिमाली भूभागका एक–दुई स्थान तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

बुधबार देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

बुधबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने अन्य पहाडी तथा तराई भूभागमा आंशिक बदली रहनेछ। कोशीका थोरै तथा बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ।

प्रतिकृया