• ११ असोज २०८३, आइतबार
  • १०ः५५ बिहान

पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे

प्रकाशित मिति

२०८३ आश्विन ११ गते, आईतवार १०:४३

११ असोज २०८३ काठमाडौं —पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् । शनिबार बिहान करिब ८ बजे नदी बस्तीमा पसेको हो ।

National Life

नेपाल प्रहरीका अनुसार फर्सेमा रहेका करिब ८० घरमध्ये २५ घर नदीले बगाएको छ भने अन्य घरसमेत जोखिममा छन् । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण प्रहरी टोली भने तत्काल घटनास्थल पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनाबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया