• १२ भदौ २०८३, शनिबार
  • १२:०८ बिहान

कामना सेवा विकास बैंकद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग

प्रकाशित मिति

२०८३ भाद्र १२ गते, शुक्रबार ०१:३४

१२ भदौ २०८३ काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार उक्त सहयोग रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ प्रदान गरिएको हो । बैंकका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

Kamana Sewa

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न र राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

Classic Tech Desktop

बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि शुभेच्छा व्यक्त गरेको छ ।

विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय रूपमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक तथा सहयोगी सबैप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

प्राकृतिक विपद्को कठिन अवस्थामा सबै पक्षबीच समन्वय, सहकार्य र मानवीय सहयोग आवश्यक रहेको भन्दै बैंकले प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन सम्पूर्ण सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वानसमेत गरेको छ ।

प्रतिकृया