• ११ भदौ २०८३, शुक्रबार
  • ११:०९ बेलुका

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गरिने

प्रकाशित मिति

२०८३ भाद्र १२ गते, शुक्रबार ०२:१२

१२ भदौ २०८३ काठमाडौं – सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सीमा तथा भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री र सबै मन्त्रीको एक महिनाको तलब कोषमा जम्मा गरिनेछ।

Kamana Sewa

भोटेकोशीमा आएको बाढीबाट रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि स्रोत परिचालन गर्दै आएको छ।

Classic Tech Desktop

प्रतिकृया