कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा
प्रकाशित मिति
२०८३ भाद्र ९ गते, मंगलवार ०१:५४
९ भदौ २०८३ काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ । देउवा समूहका तर्फबाट अधिवक्ता श्रवणकुमार श्रेष्ठले सर्वोच्चमा पूरक निवेदन दर्ता गराएका हुन् । उक्त निवेदनमाथि आगामी ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विषय सर्वोच्चमा विचाराधीन रहेको छ ।

यही आधारमा पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशन गर्न नमिल्ने देउवा समूहको जिकिर छ । सोही मागसहित महाधिवेशन रोक्न सर्वोच्चमा पूरक निवेदन दर्ता गरिएको हो । अब सर्वोच्च अदालतले उक्त निवेदनमाथि ११ भदौमा सुनुवाइ गर्नेछ ।





प्रतिकृया